कांग्रेस महासमिति बैठकमा तस्बिर खिच्न सेल्फी पोइन्ट!

कांग्रेस महासमिति बैठकमा तस्बिर खिच्न सेल्फी पोइन्ट!
+
-

काठमाडौँ- नेपाली कांग्रेस महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको छ। बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीको प्रचारप्रसार उपसमितिले पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी दिएको हो। सहभागीहरुलाई तस्बिर खिच्नका लागि आकर्षक स्थानमा सेल्फी पोइन्ट बनाउने पनि प्रचारप्रसार उपसमितिको तयारी छ।

पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस नेता मिनबहादुर विश्वकर्माले फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा बस्ने महासमितिको बैठकको तयारी अन्तिम चरणमा पुगेको बताएका हुन्।

काँग्रेसले महासमितिको बैठकको लागि तयार पारिने स्वागत गेटमा पार्टीका संस्थापक नेता बिपी कोइराला र सभापति शेरबहादुर देउवाको तस्बिर राख्ने पनि जनाएको छ।

महासमिति बैठकको नारा ‘राजनीतिक स्थायित्व, रुपान्तरण र नविनता, स्वतन्त्रता, न्याय र समानता, नेपाली काँग्रेसको नीतिगत प्रतिवद्धता’ भन्ने रहेको बताए। उनले महासमितिको लागि उपत्यकाको सडकमा दायाँ र बायाँ, रिङरोड, सातदोबाटोदेखि कार्यक्रम स्थलसम्म झण्डा राखिने बताए।

उनले स्वागत गेट काठमाडौंका नागढुंगा, कलंकी, गोंगबु, महाराजगञ्ज, चाबहिल, कोटेश्वर, बल्खु, चोभार, ललितपरुरको बालकुमारी, सातदोबाटो, लुभु, गोदावरी, चापागाउँ, कुपण्डोल, भक्तपुरको साँगा, सूर्यविनायक, कमलविनायक, कौशलटार, जडिबुटी, काभ्रेपलाञ्चोकको भकुण्डेबेँसी, धुलिखेल, बनेपा, धादिङको गजुरी र नौबिसे, नुवाकोटको ककनी र जरसिङपौवामा रहने बताए।

उद्घाटनको दिन बिहान ९ बजेदेखि कार्यक्रमस्थलमा रक्तदान कार्यक्रम गर्ने, कार्यक्रम अवधिभर ७ देखि १० गतेसम्म स्वास्थ्य शिविर रहने, नेपाली काँग्रेस, लोकतन्त्र, समाजवाद र समय सान्दर्भिक विषयका पुस्तक बिक्री वितरण कक्ष राख्ने तयारी रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?