पोखरामा आजदेखि नेपाल लिटरेचर फेस्टिभल

पोखरामा आजदेखि नेपाल लिटरेचर फेस्टिभल
+
-

पोखरा- पर्यटकीय नगरी पोखरामा बिहीबारदेखि साहित्यको कुम्भमेला सुरु हुँदैछ। फेवाताल किनारको बाराहीघाटमा ११ औं संस्करणको सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभल हुन लागेकाे हाे।

बुकवर्म फाउण्डेसनले आयोजना गरेको फेस्टिभलको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नेछन्।

दिउँसो ३ फेस्टिबलको उद्घाटन हुने आयोजक सदस्य विकास रोका मगरले बताए।

‘सबै तयारी पूरा भएको छ । साहित्य अनुरागी मनहरुको प्रतिक्षामा छौं’, उनले भने।

उद्घाटन लगत्तै नेपालको संविधान र सुशासन विषयमा केन्द्रित रहेर पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले विद्वत्व प्रवचन दिनेछन्।

यस्तै, वात्स्यायन एण्ड बार्ब्स पुस्तकको विमोचन हुनेछ। वात्स्यायन एण्ड बार्ब्स, कार्टुन प्रदर्शनी हुनेछ।

गोरखा वुमन दृश्य कला प्रदर्शनी र काव्यिकसँगै सांगीतिक प्रस्तुतिको फ्युजन कुमार नगरकोटी रिसाइटेसन विथ कुटुम्बसमेत आजै हुनेछ।

यसपालि फेस्टिभलमा ५८ बढी सेसन हुने आयोजक समितिका सदस्य केशवशरण लामिछानेले जानकारी दिए। उनका अनुसार ३ सय बढी अतिथि सेसनमा सहभागी हुनेछन्।

फेवातालपारिका कथा, आर्थिक मन्दीले पारेका प्रभावलगायत पोखरा सेरोफेरोका विषयमा वहस, छलफल र अन्तरसंवाद हुने लामिछानेको भनाइ छ। साँझपख सांगीतिक रमझमले हरेक दिन सेसनको बिट मारिनेछ।

कुटुम्ब ब्यान्ड, डा. ध्रुवेशचन्द्र रेग्मी र उनको समूह, डा. सुमन थापा र द ब्लू फ्रेट ब्यान्ड, विपुल क्षेत्री र उनको द ट्राभलिङ ब्यान्ड आदि समूहले फेस्टिबलमा संगीतिक माहोल बनाउनेछन्।

विश्व चर्चित हलिउड फिल्म ‘ओपनहाइमर’ फेम्ड लेखक काई बर्ड फेस्टिबलमा सहभागी हुनेछन्।

यस्तै, ‘क्लाउड’ उपन्यासका लेखक चन्द्रहाँस चौधरी, लेखक जेनिस प्यारिअटलगायत विदेशी पाहुना पनि पोखरालाई साहित्यमय बनाउन उपस्थित हुने आयोजक संस्था बुकवर्म फाउण्डेसले जानकारी दिएको छ।

फेस्टिभलमा पत्रकार विजय कुमार, सांसद एवम् अर्थशास्त्री डा. स्वर्णिम वाग्ले, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, सांसद सुमना श्रेष्ठ, पूर्वमिस नेपाल शृखंला खतिवडालगायत वक्तको रुपमा सहभागी हुनेछन्।

अर्थमन्त्री डा. प्रकाशशरण महत, पूर्वअर्थमन्त्री वर्षमान पुन, सुरेन्द्र पाण्डेलगायत पनि फेस्टिबलमा सहभागी हुन पोखरा आउँदैछन्।

जनमत पार्टीका नेता सिके राउत, लेखक खगेन्द्र संग्रौला, प्राध्यापक डा. कुन्दन अर्याल, पत्रकार भूषण दाहाल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सांसद एवम् उद्योगी विनोद चौधरी, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, योगी विकासानन्द, पूर्वपरराष्ट्रमन्त्री विमला राई पौड्याल, रोहिणी राणा, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेल, पूर्वबैंकर अनिलकेशरी शाह, प्राध्यापक कुसुम शाक्य, नेत्री समीक्षा बास्कोटालगायतको पनि सहभागिता रहनेछ।

गायक बद्री पंगेनी, गजलकार एवम् लेखक शीतल कादम्बिनी, कवि डा. नवराज लम्साल, लेखक अमर न्यौपाने, लेखक कुमार नगरकोटी, गजलकार संगीता थापा, गजलकार सुमन स्मारिकालगायत अतिथिको रूपमा विभिन्न सेसनमा सहभागी हुने आयोजकले जानकारी दिएको छ।

११ वर्षअघि काठमाडौंबाट सुरु भएको नेपाल लिटरेचर फेस्टिभल छैठौं संस्करणदेखि पर्यटकीय सहर पोखरामा हुँदै आइरहेको छ।

सन् २०११ मा झम्सिखेलस्थित ज्ञान मण्डलाबाट सुरु भएको थियो। फेस्टिबल फागुन ७ गतेसम्म चल्नेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?