विश्वकप लिग- २: नेपालद्वारा नामिबियालाई १ सय ३३ रनको लक्ष्य

विश्वकप लिग- २: नेपालद्वारा नामिबियालाई १ सय ३३ रनको लक्ष्य
+
-

काठमाडौं- विश्वकप लिग-२ अन्तर्गतको पहिलो खेलमा नेपालले नामिबियालाई १ सय ३३ रनको कमजोर लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४१.१ ओभरमा अलआउट हुँदै १ सय ३२ रन बनायो।

नेपालका लागि भीम सार्कीले ४४ रन बनाउनु सर्वाधिक रनका रूपमा रह्यो। उनीबाहेक थप दोहोरो स्कोरका रूपमा गुल्सन झाले २१ रन बनाउँदा कुशल मल्लले १५ रन बनाए।

त्यस्तै, पवन सर्राफ १२ रनमा पेभिलियन फर्किदा करण केसीले १६ रन बनाएर आउट भए।

नेपालका ६ ब्याटर दोहोरो स्कोरमा रन बनाउन असफल रहे। टियू मैदानमा जारी खेलमा २१ रन जोड्दा ४ विकेट गुमाएको नेपालका लागि पाँचौं विकेटका रूपमा कुशल भुर्तेल र भीम सार्कीले सार्कीसँग ४६ रनको साझेदारी गर्दै टोलीलाई केही समाले।

पछिल्लो क्रम समालिने प्रयास गरेपनि नेपालका कुनै पनि खेलाडीले अर्धशतकीय इनिङ भने खेल्न सकेनन्।

नेपालले ओपनर कुशल भुर्तेललाई शुन्य रनमा आउट हुँदा, आसिफ शेख ४ रन, अनिल साहा ८ रन र कप्तान पौडेल १ रनमा पेभिलियन फर्किएका थिए।

त्यस्तै, सोमपाल कामी २ रनमा आउट भए। नामिबियाका लागि जेर्हार्ड एरासमसले ५ विकेट लिँदा रुवेन ट्रम्पेलम्यान र ज्याक ब्रसेलले समान २-२ विकेट लिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष