
काठमाडौं- विश्वकप लिग-२ अन्तर्गतको पहिलो खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुर्रमा जारी छ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले नामिबियालाई १ सय ३३ रनको कमजोर लक्ष्य प्रस्तुत गरेको छ।
४१.१ ओभरमा अलआउट हुँदै नेपालले १ सय ३२ रनमात्र बनायो।
नेपालका लागि भीम सार्कीले ४४ रन बनाउनु सर्वाधिक रनका रूपमा रह्यो।
उनीबाहेक थप दोहोरो स्कोरका रूपमा गुल्सन झाले २१ रन बनाउँदा कुशल मल्लले १५ रन बनाए।
त्यस्तै, पवन सर्राफ १२ रनमा पेभिलियन फर्किदा करण केसीले १६ रन बनाएर आउट भए।
नेपालका ६ ब्याटर दोहोरो स्कोरमा रन बनाउन असफल रहे। टियू मैदानमा जारी खेलमा २१ रन जोड्दा ४ विकेट गुमाएको नेपालका लागि पाँचौं विकेटका रूपमा कुशल भुर्तेल र भीम सार्कीले सार्कीसँग ४६ रनको साझेदारी गर्दै टोलीलाई केही समाले।
नामिबियाले हाल ब्याटिङ गरिरहेकाे छ। याे न्युज तयार पार्दासम्म उसले १३.१ ओभरमा २ विकेट गुमाइ ५४ रन बनाएकाे छ।
तस्बिरहरू: