काठमाडौं- नेपालमा वर्ल्ड साेसल फोरम सुरु भएकाे छ। काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि सम्मेलन सुरु भएको हो।
सम्मेलनको यो १६औं संस्करण हो। याे संस्करणकाे नारा ‘अर्को विश्व सम्भव छ’ रहेकाे छ।
सम्मेलनको उद्घाटनअघि सांस्कृतिक झाँकी प्रस्तुत गरिएको छ।
भृकुटीमण्डपबाट सुरु भएको सांस्कृतिक झाँकी सहितको र्याली भद्रकाली, सुन्धारा, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपमा पुगेको छ।
आजदेखि प्रारम्भ भएको सम्मेलन फागुन ७ गतेसम्म चल्नेछ। सम्मेलनमा १३ वटा मुख्य विधा र त्यसमा आधारित ४०२ वटा उपविधामा छलफल हुनेछ।
सम्मेलनका लागि विभिन्न देशका सामाजिक आन्दोलनमा सहभागी अगुवा, अभियन्ता तथा नागरिक काठमाडौंमा आइपुगेका छन्। उनीहरूले पाँच दिनसम्म वैकल्पिक विश्वबारे विचारविमर्श गर्नेछन्।
तस्बिरहरू:


भर्खरै
लोकप्रिय






































































































































































































