
काठमाडौँ- धनुषाकी आरती साहको न्यायको माग गर्दै शुक्रबार त्रिचन्द्र क्याम्पसका विद्यार्थीले प्रर्दशन गरेका छन्।
त्रिचन्द्र क्याम्पस नेविसंघ र अन्य विद्यार्थीले क्याम्पस अगाडि शान्ति पूर्ण प्रदर्शन गरेका हुन्। धनुषाकी २२ वर्षीया आरती साह गत जेठ ७ गते श्रीमानको घरमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन्।
माइती पक्षले हत्या भएको दाबी गर्दै निष्पक्ष छानबिन गर्न माग गर्दै आएका छन्। उनको न्यायको माग गर्दै चरणबद्ध रुपमा आन्दोलन र प्रर्दशन हुँदै आएका हुन्।
थप तस्बिरहरू: