धर्मराएको अर्थतन्त्र सुर्धान के गर्नुपर्छ ?

धर्मराएको अर्थतन्त्र सुर्धान के गर्नुपर्छ ?
+
-

महामारीको रुपमा फैलिएको कोरोना भाइरसले विश्व अर्थतन्त्र शिथिल बन्यो । त्यसमा नेपालको अर्थतन्त्र अछुतो रहेन । त्यसपछि रुस युक्रेनबीचको द्वन्द्वले पनि अर्थतन्त्रलाई झनै कमजोर बनाएको छ ।

अहिले व्यवपार व्यवसायमा मन्दी छाइरहेकाले निजी क्षेत्रमा चरम निराश देखिन्छ । धमाधम सटर खाली भइरहेका छन् । व्यवसाय छाडेर पलायन हुनेको संख्या सहरमा खाली सटरले पुष्टि गर्छ । चियाचौतारीमा पनि अर्थतन्त्रको चिन्ता देखिन्छ ।

सरकारका प्रधानमन्त्री होस् या अर्थमन्त्री अर्थतन्त्रमा सुधार भइरहेको व्यक्तव्यबाजीमा रमाइरहेको अवस्था छ । आम सर्वसाधरणको चासो भने अर्थतन्त्र तङग्रिन्छ कि लड्छ ? भन्नेमा छ ।

पोखरामा जारी ११ औं संस्करणको नेपाल लिटरेचर फेस्टिबलमा शुक्रबार अर्थतन्त्रः तङग्रिन्छ कि लड्छ ? यही विषयमा वार्तालाप भयो । सरकोकारवालाले अर्थतन्त्रमा सुधार भइरहेको दाबी पेश गरे ।

व्यवसायी निरञ्जन श्रेष्ठ नेपालको अर्थतन्त्र विगत २ दकशदेखि धर्मराउँदै तंग्रिरहेको बताए । ‘फेरि धर्मराउँदै धर्मराउँदै एउटा विन्दुमा पुग्छ । ठोस रुपमा हामीले केही गरेनौं भने यस्तै धर्मराउँछ’, उनले भने ।

अहिलेको भने निजी क्षेत्र निकै निराश रहेको उनको भनाइ छ । ‘बजारमा व्यापार एकदम तल आएको छ । मागको कमी छ । माग कमी हुनुको मतलब व्यपार व्यवसायमा जो छ ऊ निश्चय नै निराश हुन्छ । सटर बन्दर भइरहेको छ भने निराश हुन्छ नै’, उनले भने ।

बाह्य क्षेत्र सुधार भएपनि आन्तरिक रुपमा माग बढाउने काम गर्नुपर्ने उनको धारणा छ ।’लगानीमा बैंकको ऋण मात्रै आधार हुँदैन । व्यवसाय भनेको चक्रको रुपमा बुझ्नपर्छ । बैंकबाट त पुँजी आयो तर त्यसपछि व्यवसाय गर्दा स्वयम पुँजी चाहियो । बजारमा आत्मविश्वास चाहियो’, श्रेष्ठले थपे,’अर्को कुरा सबभन्दा ठूलो कुरा आन्तरिक फिर्ता दर हेरिन्छ । अहिले फिर्ता कम छ । बैंकमा पुँजी छ भने लगानी गर्न हिच्किचाउँछ ।’

अर्थतन्त्र कमजोर बन्नुमा निजी क्षेत्रको पनि धेरथोर हात रहेको श्रेष्ठ स्वीर्काछन् । उनी भन्छन्,’आत्मविश्वास बढ्यो भने अहिलेको अवस्थामा फरक आउँछ ।’

अर्थमन्त्रीको आर्थिक सल्लाहाकारसमेत रहेका गुणाकर भट्ट अर्थतन्त्र सुधार भइरहेको बताउछन् । २ वर्ष अगाडि विदेशी विनिमय सञ्चितीमा दबाब रहेको उनी सम्झन्छन् । ‘गतवर्ष पुसमा हेर्दा हामीसँग भएको विदेशी विनिमय सञ्चिती १० अर्ब २८ करोड डलर थियो । अहिले आइपुग्दा १३ अर्ब ६९ करोड डलर विदेशी सञ्चिती छ । त्यसले १२.१ महिनाको बस्तु तथा सेवा आयात गर्न पुग्छ’, उनले भने, ‘२ वर्ष अगाडि यही बेला नीति निर्मातादेखि व्यवसायी सबै आत्तिएको अवस्था थियो नेपाल कतै श्रीलंका त बन्दैन भनेर । हामी त्यहाँबाट माथि उठेको अवस्था छ । एउटा महत्वपूर्ण आधार हो विदेशी विनिमय सञ्चिति ।’

भट्टले अगाडि थपे, ‘हामी ३०० अर्बको पेट्रोलिय पदार्थ आयात गर्छौं । ४०० अर्बको हाराहारीमा खाद्यन्न आयत गर्छौं । त्यस्तो मुलुकमा विदेशी विनिमय सञ्चित थोरै पनि घट्ने वित्तिकै अर्थतन्त्र हल्लिन बेर लाग्दैन, त्यहाँबाट हामी निस्कियौं ।’

डेढ २ वर्ष अगाडि बैंकहरुसँग कर्जा दिने पैसा नभएको उनले सुनाए । उनका अनुसार गतवर्ष माघमा कर्जाको औसत ब्याजदर १३ प्रतिशत थियो । अहिले कर्जाको औषत ब्याजदर ११ प्रतिशतमा झरेको छ ।

‘बैंकहरुसँग बढी भएको पैसा करिब १०० अर्ब राष्ट्र बैंकले तानेर राख्न परेको छ । ब्याजदर पनि तल आइरहेको छ’, अर्थतन्त्रबारेका विज्ञ भट्टले भने, ‘मौद्रिक क्षेत्र, वित्तीय क्षेत्र राम्रो अवस्था देखिएको छ तुलनात्मक रुपमा । गतवर्ष बैंकहरुले ६ महिना १३७ अर्ब कर्जा प्रवाह गरेका थिए । अहिले ६ महिनाको कर्जा प्रवाहा १९३ अर्ब देखिएको छ ।’

सरकारको वित्त व्यवस्थापन चुनौतिपूर्ण देखिरहेको उनले उल्लेख गरे । ‘सरकारको राजस्व असुली गतवर्षको तुलनामा केही सुधार भएपनि अपेक्षित रुपमा हुन सकिरहेको छैन । आार्थिक गतिविधि अपेक्षित रुपमा विस्तार हुन सकेको छैन’, उनले भने, ‘पहिलो त्रैमासिकको आर्थिक वृद्धिदर ३.२ प्रतिशत रह्यो । ६ प्रतिशतको अपेक्षा गरेका थियौं । आम मान्छेले महसुस गर्ने मुद्रास्फुर्ति मुल्य वृद्धि पनि उच्च छ ।’ सावधानी अपनाएकै कारण अर्थतन्त्र सुधार भइरहेको उनको भनाइ छ ।

स्वतन्त्र विज्ञ भुवन दाहाल निक्षेप संकलन अनुसार कर्जा प्रवाहा नहुनु अर्थतन्त्रको समस्याको रुपमा लिन्छन् । अर्थशास्त्रमा समस्या देखिएपछि प्रभाव बैंक तथा वित्तिय संस्थाको वित्तिय विवरणमा देखिने उनको भनाइ छ ।

‘निष्क्रिय कर्जा बढेको देखिन्छ । यसले अर्थतन्त्रमा समस्या छ भन्नेमा कुनै शंका भएन । निजि क्षेत्र नीति निर्माता सबैले आत्मसाथ गरेर समस्या निराकमरणमा लाग्नुपर्नेछ’, उनले भने ।
उनले थपे, ‘दक्षिण एसियाको तथ्यांक हेर्यौं भने प्रति व्यक्ति आयमा हामी अफगानिस्तानभन्दा माथि छौं । बंगलादेशको कुरा गरौं भने पनि हाम्रोभन्दा दोब्बर छ । क्षेत्रफलको कुरा गर्ने हो भने हाम्रो र त्यहाँको एउटै हो । जनसंख्याको कुरा गर्ने हो भने हाम्रोभन्दा ५ गुण बढी छ ।’

अर्थतन्त्र भताभुंग भइसकेको अवस्था नरहेको उनले दाहालले बताए । ‘हामीकहाँ समस्याहरु छन्, समस्याका कारणहरु पनि थाहा छ । अर्थमन्त्रालय, राष्ट्र बैंक, निजी क्षेत्र, बैंकरहरु सबै बसेर एक हप्तासम्म के के गनपर्ने हो ? रोडम्याप कोरेर त्यो अनुसार काम गर्नुपर्नेछ’, उनको सुझाव छ । एक अर्कालाई आरोप लगाएर अर्थतन्त्र माथि उकास्न नसकिनेमा उनको जोड छ । अर्थतन्त्रको आकार कसरी बढाउनुपर्ने भनेर सोच्नुपर्नेमा उनको जोड छ । स्थायी सरकारको अवस्था नआएसम्म अर्थतन्त्रलाई दौडाउने अवस्था भने नआउने दाहालको तर्क छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?