
पोखरा- १८ औं संस्करणको पोखरा म्याराथनमा केन्याली धावक जुलियस मुरुकी वाहोम च्याम्पियन बनेका छन्।
उनले निर्धारित ४२.१९५ किलोमिटरको दूरी २ घण्टा १९ मिनेट ३६ सेकेन्डमा पार गर्दै च्याम्यिन बनेका हुन्। १०७ धावकलाई पटि पार्दै च्याम्पियन बनेका उपाधिसँगै ५ लाख रुपैयाँ हात पारेका छन्।
आइज्याक खिहारा कमिरीले दोस्रो स्थान हासिल गरे। २ घण्टा २० मिनेट ५ सेकेन्डमा दूरी पार गरे।
एडविन किप्लागाट मार्टिम तेस्रो स्थान हासिल गरेका छन्। उनले २ घण्टा २० मिनेट ४५ सेकेन्डमा दौड पूरा गरेका हुन्।
किरणसिंह बोगटीले २ घण्टा २४ मिनेट २ सेकेन्डमा दौड पूरा गरेर चौंथो स्थान हासिल गरेका छन्।
दोस्रो, तेस्रो र चौंथो हुनेले क्रमशः ३ लाख, २ लाख र ३० हजार रुपैयाँ प्राप्त गरेका छन्।