माध्यमिक शिक्षा परीक्षाका लागि ६ वटा परीक्षा केन्द्र सिफारिस

माध्यमिक शिक्षा परीक्षाका लागि ६ वटा परीक्षा केन्द्र सिफारिस
+
-

सिमकोट – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनका लागि जिल्लाबाट ६ वटा परीक्षा केन्द्र सिफारिस गरिएको छ। सो परीक्षा सञ्चालनका लागि जिल्लामा गठित परीक्षा समन्वय समितिको बैठकले उक्त निर्णय गरेर सिफारिस गरेको हो।

शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख भीमराज खत्रीले समितिले जिल्लाका २८ वटा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्र्थीका लागि जिल्लाभर ६ वटा माध्यमिक विद्यालयमा परीक्षा केन्द्र सञ्चालनका लागि सिफारिस गर्ने निर्णय गरिएको बताए।

समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलको अध्यक्षतामा बसेको बैठकले सो सिफारिस गर्ने निर्णय गरेको हो।

यसरी एसईई सञ्चालनका लागि परीक्षा केन्द्र सिफारिस गरिएका विद्यालयमा सिमकोट गाउँपालिकाका मानसरोवर र बालमन्दिर मावि छन् भने सर्केगार्ड गाउँपालिकाका लागि हिमज्योति मावि र कोट मावि रोडिकोट छन।
त्यसैगरी चंखेली गाउँपालिकाका लागि महादेव मावि दार्म, अदानचुली गाउँपालिकाका लागि सूर्योदय मावि श्रीनगर र ताँजाकोट गाउँपालिकाका लागि मदानादेब मावि छन्।

नाम्खा र खार्पुनाथ गाउँपालिकामा मावि भएर पनि परीक्षा केन्द्र यस अघिदेखि नै तोकिएको छैन।

सीता माविलाई परीक्षा केन्द्र तोक्न माग

समितिले पाँच वटा माध्यमिक विद्यालय भएको खार्पुनाथ गाउँपालिका– ४ को सीता माविलाई पनि परीक्षा केन्द्र तोक्न राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुर र प्रदेश परीक्षा व्यवस्थापन कार्यालय कर्णाली प्रदेश सुर्खेतलाई सिफारिस गरिएको प्रमुख खत्रीले बताए।

खार्पुनाथमा सीता, मान्धारा, हुम्ला, शंकर र मालिका मावि छन्। यी विद्यालयमा अध्ययनरत विद्यार्थीले सदरमुकाम सिमकोेटका दुई वटा माविमा रहेको परीक्षा केन्द्रमा अघिल्लो वर्षसम्म परीक्षामा सहभागिता जनाउँदै आउनु भएको थियो।

मावि धेरै भएर पनि हालसम्म एउटा पनि परीक्षा केन्द्र नतोकिएका कारण केही समयअगाडि खार्पुनाथ गाउँपालिकाको कार्यपालिकाको बैठकबाट परीक्षा केन्द्र तोक्न माग गरिएको थियो। एसईई चैत १५ गतेबाट सुरु हुँदै छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?