‘पुस्तकालय भएर मात्रै हुँदैन, पढ्न अभिप्रेरित गर्नुपर्छ’

‘पुस्तकालय भएर मात्रै हुँदैन, पढ्न अभिप्रेरित गर्नुपर्छ’
+
-

पोखराको अमरसिंह माविमा कक्षा ११ मा पढ्ने ऋद्धि पोखरेललाई पुस्तक पढ्न खुब रुचि लाग्छ। पाठ्यक्रमको पुस्तक पढेर निस्किएको फुर्सदमा उनले बाहिरी विषयका पुस्तक पढ्नलाई समय छुट्याउँछिन्। बाहिरी पुस्तकमा उनको ध्यान घरमा अभिभावकको पढिरहने बानीले तानेको हो। ‘घरमा ड्याडी/ममीले पुस्तक पढ्न एकदमै रुचि दिनुहुन्छ। र उहाँहरूले पुस्तक घरमा ल्याउनुहुन्छ। त्यो देखेर यो पुस्तकमा के रहेछ ? कस्तो रहेछ? पढ्ने ज्ञिजासा जागृति हुन्छ’, ’ उनले भनिन्।

विद्यालयमा भएको पुस्तकालयले मात्रै बालबालिकामा पठन संस्कृतिको विकास नहुने तर्क उनको छ। ‘विद्यालयमा केबल लाइब्रेरी मात्रै भएर विद्यार्थीहरु पुस्तक पढ्न अभिप्रेरित हुँदैनन्। पुस्तक पढ्नुको फाइदाबारे बुझाउन सक्नुपर्छ, ’  उनले भनिन्। पुस्तकबारे छलफल र अन्तरक्रिया गर्नलाई विद्यालयले वातावरण मिलाइदिनुपर्ने उनको बुझाइ छ।

ग्लोबल कलेजियट स्कुलको कक्षा- ८ मा पढ्ने आर्या हमाललाई पनि पुस्तक पढ्ने बानी अभिभावककै कारणले बसेको हो। हमालका अनुसार उनका बुवाले त झन् छोरीका लागि भनेर हप्तैपिच्छे एउटा नयाँ पुस्तक ल्याइदिन्छन्।

आर्या भन्छिन्,  ‘यति धेरै पुस्तक छन् कि तीनवटा कोठामा एउटा त पुस्तकले नै भरिएको छ।  केही विज्ञानसँग सम्बन्धित छन् त केही सहित्यसँग।’

पुस्तक पढ्ने माध्यम केबल पुस्तकालय मात्रै नभएको उनको भनाइ थियो। साहित्यिक कार्यक्रमले पनि पठन संस्कृति बसाल्ने उनले बताइन्।

‘साहित्यिक कार्यक्रम वर्षमा एक पटक मात्रै नभइ हरेक महिना, अझ भएसम्म त हरेक हप्ता हुनुपर्छ , ’ उनको सुझाव छ। विद्युतीय सञ्चारमाध्यमको प्रयोगले पनि पुस्तक पढ्न सकिने हमालको जानकारी दिइन्।

‘पुस्तक पढ्न कुनै पनि शुल्क लगाउनु हुँदैन। रुचिअनुसारको पढ्न प्रेरित गरेमा उनीहरूले आफ्नो मनबाट पढ्ने जिज्ञासा राख्दछन्। बल्ल साँचो सिकाइ प्राप्त गर्छन्, ’ उनलाई लाग्छ।

सैनिक आवासीय महाविद्यालयमा कक्षा १२ मा पढ्ने संसार क्षेत्रीले पाठ्यक्रमभन्दा बाहेक पहिलो पटक नाम सुनेको पुस्तक हो ‘मुना मदन’। बाल्यकालमा उनका शिक्षकले मुना-मदनको चर्चा गरिरहन्थे। पुस्तक पढ्ने रहर जागेपनि पर्वतको गाउँमा पुस्तकालय नै थिएन।

जब गाउँमा कक्षा ५ सम्मको पढाइ सकेर पोखरा झरे तब पढ्ने मेसो मिल्यो। विद्यालयको पुस्तकालयले उनको ‘मुना-मदन’ पढ्ने रहर पूरा गरिदियो। विद्यालयमा व्यवस्थित पुस्तकालय हुँदा पढ्ने बानीको विकास भएको संसारले सुनाए।

साथीभाइसँगको भेटवार्तामा पनि नयाँ पुस्तकबारे चर्चा परिचर्चा उनी बताउँछन्। ‘पुस्तक लाइब्रेरीबाट मात्रै लैजानुभन्दा पनि पैसा खर्च गरेर आफैंले किनौं किनौं लाग्छ। अरूमा पैसा गर्नुभन्दा बरु पुस्तकमै खर्च गरौं न भन्ने धारणा बनेको छ, ’ उनले सुनाए।

विद्यालयको पाठ्यक्रमसँगै अन्य पुस्तक पढ्न विद्यार्थीले कसरी समय मिलाउने त एसोएस हर्मन माइनर विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी सहनशीला पौडेलको जवाफ छ,  ‘महिनामा एउटा पुस्तक पढ्नुपर्छ भन्ने हिसाबले समय मिलाउने। म विज्ञानको विद्यार्थी भएकाले समय एकदमै कम हुन्छ। सुत्नुअघि पुस्तकको एउटा च्याप्टर त सक्छु सक्छु भनेर मन बनाउँछु र पढ्छु।’

बिदाको बेलामा पढ्ने हुँदा विद्यालयको पठनपाठनमा कुनै असर नगर्ने सहनशीलाले बताइन्।

‘पढेको पुस्तक र प्रभाव’ विषयको सेसनमा विद्यार्थीहरु आर्या हमाल, श्रेया लामिछाने, सुजल केसी, सहनशीला पौडेल, ऋद्धि पौखरेल, समन गुरुङ र संसार क्षेत्रीसँग साहित्यकार दीपक पराजुलीले वार्तालाप गरे।

पोखरामा जारी ११ औं संस्करणको सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिबलको अलिमियाँ कक्षमा भएको वार्तालापमा सहभागी विद्यार्थीले पुस्तकालयमा सबैको रुचि अनुसारको पुस्तक नपाइनेमा भने दुखेसो सुनाए। पुस्तकले संसार हेर्ने दृष्टिकोण बदल्ने विचार सहभागी विद्यार्थी पाठकको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?