
काठमाडाैँ- सामसङले ‘ग्यालेक्सी ए१५ ५जी’का तीन माेडल नेपाली बजारमा ल्याएको छ।
सस्तो मूल्यमा नयाँ सुविधाहरूको समायोजन गरेको ‘ए १५ ५जी’को नेपाल आगमनले आधुनिक प्रयोगकर्ताका मागहरू पूरा गर्ने र भविष्यमा आउने आवश्यकताहरू पनि ध्यानमा राख्ने सामसङले जनाएको छ।
यस डिभाइसमा एफएचडी प्लस रेजोल्युसन र ६.५ इन्चको उत्कृष्ट सुपर अमोल्ड इन्फिनिटी डिस्प्ले रहेको छ। ९० हर्ज रिफ्रेस रेटको कारणले गर्दा स्क्रोल गर्दा, ट्याप गर्दा वा स्वाइप गर्दा सहज अनुभव हुनेछ।
कुनै कार्यक्रम हेर्दा, खेल खेल्दा वा इन्टरनेट ब्राउज गर्दा सहज हुने छ। अत्याधुनिक मिडिया टेक डाइमेन्सिटी चिपसेट, मल्टिटास्किङ र गेमिङ अनुभवद्वारा सञ्चालित, यसमा अद्भूत पर्फमेन्स र फास्ट ५ जी कनेक्टिभिटीका लागि अक्टा–कोर प्रोसेसर रहेको छ। ए १५ ५जी ६/१२८ जीबी, ८/१२८ जीबी र ८/२५६ जीबीको स्टोरेज गरी ३ मोडलमा रहेको छ ।
याे पनि पढ्नुहाेस् रेड्मी नोट १३ का तीन मोडल नेपाली बजारमा, यस्ता छन् विशेषता र मूल्य
ए१५ ५जी पछाडिको मुख्य क्यामेरा ५० एमपीएर वाइड–एंगल क्यामरा, ५ एमपीएर अल्ट्रा–वाइड क्यामेरा,र २ एमपीएर म्याक्रो क्यामरा रहेकाे छ भने यसकोे फ्रन्ट क्यामरा १३ एमपीएरको रहेको छ।
यो डिभाइसले ४ वर्षको ओएस अपडेटहरू र ५ वर्षको सुरक्षा अपडेट पनि दिनेभएकोले यो फोनलाई लामो समयसम्मको लागि उपयोगी बनाउने कम्पनीले जनाएको छ।
डिभाइसको २ जी देखि ५जी सम्मको नेटवर्कले गर्दा ग्राहकले छिटो र भरपर्दो इन्टरनेटको आनन्द लिन सक्नेछन।
ग्यालेक्सी ए१५ ५जी ६/१२८ जीबीको मूल्य २७ हजार ९९९ , ८ / १२८ जीबीको २९ हजार ९९९ र ८/ २५६ जीबीको मुल्य ३३ हजार ९९९ रहेको छ।
याे पनि पढ्नुहाेस् रियलमीको सी–५१ नेपाली बजारमा, मूल्य कति?
ए१५ ५जीलाई इन्स्टा फाइनान्स सेवामा पनि लिइन पाइने छ। ०% ब्याजमा झन्झटमुक्त ईएमआई सेवाहरू र सजिलो प्रोसेसिङद्वारा मनपर्ने डिभाइस एक घण्टा भित्र उपलब्ध गराउन सकिने कम्पनीले जनाएको छ।
ग्यालेक्सी ए१५ ५जी को आगमनले गर्दा मोबाइलबाट टेक्नोलोजीमा के सम्भव छ भन्ने सीमालाई परिमार्जित गरेको कम्पनीले जनाएको छ।
याे पनि पढ्नुहाेस् हरेकसँग १ रुपैयाँ उठाएर पूरा हुँदै छ यी युवकको पाइलट पढ्ने सपना
सुविधा र पर्फर्मेन्सका हिसाबले एक कदम अगाडि मात्र नभई अर्को पुस्ताको कनेक्टिभिटीलाई भविष्यमा सबैमा पहुँच योग्य बनाउनमा पनि फड्को मार्ने डिभाइस प्रदान गरेको कम्पनीको भनाई छ।
कालो निलो, निलो र हल्का निलोमा कलरमा ए १५ ५जी उपलब्ध रहेको छ। यी उत्पादनहरु नेपालभरिका स्टोरहरुमा यही फागुन ७ गतेदेखि उपलब्ध हुनेछन्।