कक्षा आठको पूरक परीक्षा सञ्चालन गर्दै सिमकोट गाउँपालिका

कक्षा आठको पूरक परीक्षा सञ्चालन गर्दै सिमकोट गाउँपालिका
+
-

सिमकोट – सिमकोट गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले कक्षा आठको पूरक परीक्षा सञ्चालन गर्ने भएको छ।
गाउँपालिका स्तरको आधारभूत तहको परीक्षा सञ्चालन तथा व्यवस्थापन मापदण्ड ०७६ अनुसार शाखाले पहिलो पटक यसरी पूरक परीक्षा सञ्चालन गर्न लागेको हो।

शाखाका नायव सुब्बा कृष्णप्रसाद आचार्यका अनुसार दुई विषयभन्दा कममा ग्रेड वृद्धि परीक्षामा एनजे ल्याएका कक्षाका विद्यार्थीका लागि फागुन ९ र १० गते पूरक परीक्षा सञ्चालन गर्न लागिएको छ।

लेटर ग्रेटिङ निर्देशिका २०७८ अनुसार पूरक परीक्षा सञ्चालन हुन लागेको हो। सो परीक्षा शाखाले १० वटा विद्यालयका लागि गाउँपालिकास्तरीय परीक्षा सञ्चालन गरेको थियो। पुस १६ गतेबाट सञ्चालन भएको परीक्षाको माघ ५ गते नतिजा प्रकाशन गरिएको थियो।

परीक्षाको नतिजा निकै खस्कँदो आएकाले शाखाले नियमानुसार पहिलो पटक पूरक परीक्षा सञ्चालन गर्न लागेको हो।

यसका लागि अधिकांश विद्यार्थीले अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयमा एनजे ल्याएका कारण पूरक परीक्षा सञ्चालन गर्न लागिएको उनले बताए। जसमा पहिलो दिनको पूरक परीक्षामा ७१ जना र दोस्रो दिनको परीक्षामा २६ जना परीक्षार्थीले परीक्षा फर्म भरेका छन्।

परीक्षा केन्द्र मानसरोवर माविमा तोकिएको छ। यसका लागि केन्द्राध्यक्ष र पर्यवेक्षकसमेत शाखाले खटाउनेछ। परीक्षामा कान्ति आधारभूत, मानसरोवर, बालमन्दिर, कैलाश, कर्णाली, सैपाल, सिद्धार्थ, रलिङ र रामदेश मावि र संस्थागत विद्यालयका तर्फबाट सनसाइन बोर्डिङ स्कुलका विद्यार्थीले सहभागिता जनाउँदै छन्। सो परीक्षाको नतिजा निकै खस्कँदो आएकाले आलोचनासमेत भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?