क्रिस्टोफर म्याक क्याण्डलेसको स्मृति र मेरो जन्मदिन

क्रिस्टोफर म्याक क्याण्डलेसको स्मृति र मेरो जन्मदिन
+
-

पढाइ त के हो र यार ? एउटा प्रमाणपत्रको अङ्कहरूको परिणाम न हो। जागिर त के हो र यार? जीवन जिउने प्रक्रिया न हो। विवाह के हो र यार ? जीवन संस्कार पछिको अर्को संस्करण न हो।

उच्च शिक्षा अध्ययन पूरा गरेपछि घर छोडेर संसार चहार्छु भनेर निस्कँदा म्याक क्याण्डलेसको दिमाग यसरी नै चलेको थियो।

उसले उच्च शिक्षा पूरा गरुन्जेलसम्मका प्रमाणपत्रहरू सब च्यातेर बाल्यो। त्यसमा बैंक कार्डहरू पनि थपेर एकछिन आगोको राप लियो। वचत रकमहरू दान गर्‍यो। उसले प्रेमिका र बाबुआमालाई पनि त्याग्यो। रित्तो गोजी र एउटा ब्याकप्याक झोला बोकेर घरबाट निस्क्यो। संसार नियाल्ने, पढने हुटहुटीले उसलाई जागृत गरायो। ऊ कलेजको एउटा अब्बल विद्यार्थी र खेलाडी थियो। जब मान्छेलाई सपनाले भुलुक्क उमाल्छ उसलाई त्यतिबेला संसारमा हरेक चिज असम्भव छ झैं लाग्दैन। पाएँ भने संसार नै जित्छु र बेच्न सक्छु भन्ने कल्पना गर्छ। म्याक क्याण्डलेसको विद्रोही सपनाले उसलाई कहाँ मात्र पुर्‍याएन। संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्यको अन्नानडेलमा उसको बाल्यकाल बितेको थियो।

इमोरी विश्वविद्यालयबाट उसले इतिहास र मानव विज्ञानमा उच्चशिक्षा पूरा गर्‍यो। साहसिक यात्रामा अत्यन्त रुचि राख्ने म्याक क्याण्डलेस परिवार र आफ्नो सहर छोडेर डुल्दै डुल्दै एउटा यायावर बनेर अलस्काको फेयरब्यांक पुग्यो। हरेक दिन बदलिरहने हावापानी, वातावरण, प्रकृति, मान्छेको व्यवहारलाई सामना गर्दै रित्तो गोजी नै ऊ सपनाको गन्तव्यमा पुगेको थियो। सपनाको गन्तव्यमा पुग्न त्यति सहज छैन जति सपना सहजसँग देखिन्छ।

चाहे सामान्य मान्छेमा होस् या कल्पनाशील साहसिक मान्छेमा? कैयन महिना लगाएर गरेको उसको रित्तो गोजीको यात्रा विश्व सामु निकै रोमान्चक छ। अलस्काको जङ्गलमा झन्डै चार महिना एक्लो जङ्गली जीवन व्यतीत गरेर १८ अगस्ट १९९२ मा उसले आफ्नो जीवन अन्त्य गरेको थियो। उसको मृत शरीर फेयरब्यांक नजिकै १४२ नम्बरको पुरानो बसभित्र भेटिएको थियो। एक्लो साहसिक जीवन जिउन हिंडेको म्याक क्याण्डलेस जीवनको अन्त्यतिर भोकसँग पराजित भयो। ऊ बाँच्न त चाहन्थ्यो तर बाँच्ने चाहनाको भोक मार्न उसले जुन जङ्गली घाँस चपायो, त्यही विषालु घाँसले उसको जीवन चपायो। भोकले लखतरान परेको बेला ऊ मर्नु अगाडि आफूले लेखेको डायरी समातेर हात हल्लाउदै जीवनको अन्तिम फोटो खिचेको थियो। ‘मेरो जीवन सुखमय छ र भगवानलाई धन्यवाद छ अलबिदा ! भगवानले सबैलाई कल्याण गरून’ मर्नु अगाडि उसले डायरीमा कोरेको थियो।

सन् १९९६ जोन क्र्याकरले म्याक क्याण्डलेसको जीवनमाथि ‘इन टु द वाइल्ड’ पुस्तक लेखे उक्त पुस्तक प्रकाशनपछि पाठकहरू पुस्तकको वास्तविक कथासँग निकै मोहित भए। प्राकृतिक संसारको बारेमा जुन पुस्तकले अमेरिकी सांस्कृतिक विचारलाई प्रतिनिधित्व गर्दछ। वास्तविक कथामा आधारित उक्त पुस्तकमाथि सन् २००७ मा प्रसिद्ध हलिउड चलचित्र निर्देशक सन पेनले ‘इन टु द वाइल्ड’ चलचित्र नै निर्माण गरे जुन चलचित्र विश्वभरका चलचित्रप्रेमीहरू बिच प्रसिद्ध बन्यो।

सन् २०२३ को वर्षा मौसममा म एङकरे, अलास्कामा सरोज भट्टराईको घरमा पाहुना बन्न पुगेको थिए। सरोज मेरो कलेजको साथी थियो। ऊ सँग पुरै बिस वर्षपछाडि भेट भएको हो। सुताईमा नयाँ अनुभव बटुल्नु भनेर उसले मलाई उसको घरको आँगनमा भएको क्याम्पिङ्ग बसमा सुतायो। क्याम्पिङ्ग बसमा विशेष गरी गर्मी मौसममा सपरिवार घुम्न जाने चलन हुन्छ। जहाँ बस नै एउटा सानो घर हुन्छ। सुत्ने ओछ्यान, भान्सा ट्वाइलेटजस्ता आधारभूत सुविधा बसमै हुन्छ। भोलिपल्ट बिहान सरोजले मलाई क्याम्पिङ्ग बसमै चिया लिएर आए। मैले इन् टु द वाइल्ड को बारेमा उनलाई सुनाएँ। इन् टु द वाइल्ड चलचित्र मैले निकै वर्ष अगाडि हेरेको थिएँ।

म्याक क्याण्डलेसले जीवनको केही समय बिताएको र जीवनको अन्तिम दिन बिताएको बस हेर्ने इच्छा थियो। एंङ्करेजबाट उक्त बस भएको ठाउँ पुग्न ५७५ किमी टाढा थियो। साइकलमा जाने हो भने झन्डै ६ दिन लाग्थ्यो। साकलमा जानु भनेको जीवनलाई केही जोखिम मोलेर जानुपर्थ्यो। विशेषगरी बाटोमा पर्ने जङ्गलमा भालुहरूको भयंकर डर हुन्थ्यो। सरोजले दिपक र विज्ञानलाई बोलाए। उनीहरू मलाई लिएर इन् टु द वाइल्डको बस देखाउन लिएर जान राजी भए। सयौ तालहरू, लाखौ सल्लाका रुखहरूलाई सुसेली मार्दै देनाली हिमालको काखबाट हामी पाँच घन्टामा उत्तरी धुर्वको फेयर ब्यांक पुग्यौँ। म्याक क्यान्डलेसको जीवनले चर्चित बनेको बसभित्र पस्यौँ। उनले लखेको डायरीहरू पढ्यौ, उनले खिचेका फोटो नियाल्यौँ र हामीले पनि थुप्रै फोटोहरू खिच्यौँ।

सिमसिम पानी पर्‍यो। र्यो नजिकै रहेको एउटा रेस्टुरेन्टमा परिचय पत्र (जहाँ रक्सी सेवनको लागि उमेर पुगेको परिचय पत्र आवश्यक हुन्छ ) देखाएर दीपक र मैले एक-एक पेग ह्विस्की मगायौँ। फेरि थप्यौं। फेरि थप्यौँ। फर्किंदा विज्ञानका ठट्यौली गफलाई मैले साथ दिएँ। बाटोभरि दिपक जडितले लेखेका गीतहरू सुन्यौँ।  एङ्करेज फर्किंदा रातको ११ बज्यो। सूर्यको लाल किरणले हामीलाई छायाँमा बदल्यो।

१२ फेब्रुअरी १९६८ मा क्यालिफोर्निया राज्यमा म्याक क्यान्डलेसको जन्म भएको थियो। विद्रोही एड्भेन्चरर क्यान्डलेस जन्मेको ५ दिन पछि १७ फेब्रोरीमा म जन्मेको थिएँ। २४ वर्षको उमेरमा ऊ मृत्युपछि विश्व प्रसिद्ध पात्र बन्यो। संसार जित्छु भनेर हिंडेको विद्रोही ऊ फेरि कहिल्यै फर्केर आएन। तर म संसारको धेरै भूभाग टेकेर जीवितै फर्केर आएँ। साहसिक यात्रा गर्ने हरेक मान्छेको जीवन ‘इन् टु द वाइल्ड’ हो। सपनाको गन्तव्यमा पुगेपछि कोही फर्कन्छन् कोही फर्कंन्नन्। म्याक क्यान्डलेस कहिल्यै फर्किएन। तर म जीवितै फर्किएँ। जीवनको वास्तविक अर्थमा ऊ भाग्यमानी थियो कि म भाग्यमानी थिएँ? जिन्दगी यात्रा हो, यात्रा, थाहा छैन कहाँ पुगिन्छ? अनवरत हिंडिरहे त के भरोसा मोडिए फेरि भेटिन्छ।

#पुष्कर शाह विश्व साइकल यात्री तथा सगरमाथा आरोही हुन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?