अजित मिजारका हत्यारालाई कारबाहीको माग गर्दै माइतीघरमा प्रदर्शन, केही पक्राउ (तस्बिरहरु)

अजित मिजारका हत्यारालाई कारबाहीको माग गर्दै माइतीघरमा प्रदर्शन, केही पक्राउ (तस्बिरहरु)
+
-

काठमाडौँ – अजित मिजारका हत्यारालाई कारबाहीको माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।

एकीकृत दलित मुक्ति मोर्चा, जात व्यवस्था उन्मूलन मोर्चा, नेपाल राष्ट्रिय दलित केन्द्र र संयुक्त दलित अधिकार मञ्चको आयोजनामा प्रदर्शन गरिएको हो।

प्रदर्शनमा सहभागीहरुले अजितका हत्यारालाई कारबाही र पीडित परिवारलाई न्यायको माग गरेका छन्।

प्रदर्शनमा सहभागी ३७ जनालाई प्रहरीले पक्राउ गरेको छ। सरकारले माइतीघरलाई निषेधित क्षेत्र घोषित गरेको छ। निषधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै उनीहरुलाई पक्राउ गरिएको हो।

काभ्रेको पाँचखाल नगरपालिका–६ होक्सेका १८ वर्षीय अजित २०७३ असार ३० गते धादिङको परेवाटारमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए। शवको सनाखत नभएपछि प्रहरीले तत्कालीन कुम्पुर गाविसको अनुमति लिई अजितको शव पोष्टमार्टम गरी शव गाडेको जानकारी पाएपछि अजितको परिवार धादिङ पुगेको थियो। तर अत्येष्टिका लागि अजितको शव उत्खनन् गरेपछि पोष्टमार्टम नभएको खुलेपछि उनको हत्या भएको आशंका गरिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?