
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनआन्दोलनको कार्यक्रम बुधबारबाट सुरु भएकाे छ।
राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी, बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तह रहेको दुई तहको सरकार, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति लगायत राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह एवं जनजीविकासँग प्रत्यक्ष सम्बन्धित तथा मुलुकको दीर्घकालीन हितका विभिन्न ४० बुँदे माग राखी जनप्रदर्शन गरेकाे हाे।
आज काठमाडौंसहित देशभरका विभिन्न स्थानमा बिरोध प्रदर्शन गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापनपत्र बुझाउने बताइएको छ।
राप्रपाले यो आन्दोलन व्यवस्था परिवर्तनको आन्दोलन भएकाले पार्टीका सबै नेता/कार्यकर्ताहरुलाई गम्भीर भएर लाग्न निर्देशन दिइसकेको छ। आफूले राखेका मागहरू पूरा नभएसम्म आन्दोलन स्थगित नगर्ने राप्रपाको अडान छ।
तस्बिरहरू: