सांसद नै छिर्दैनन् पुस्तकालय

सांसद नै छिर्दैनन् पुस्तकालय
+
-

पोखरा – संसदमै पुस्तकालय नभएको भन्दै आवाज उठेपछि गण्डकी प्रदेश सभा सचिवालयले क्यान्टिन हटाएर पुस्तकालय स्थापना गर्‍यो।

प्रदेश सभाको पाँचौ स्थापना दिवसको अवसर पारेर गत वर्ष माघ २२ गते तत्कालिन मुख्यमन्त्री खगराज अधिकारीले पुस्तकालयको उद्घाटन गरे।

प्रदेश सभा भवन नदीपुर परिसरमा पुस्तकालय स्थापनाको १ वर्ष बढी समय बितेको छ। तर, सांसद पुस्तकालय नै छिर्दैनन्।
सांसदलाई सघाउन नियुक्त भएका स्वकीय सचिव पनि अहिलेसम्म पुस्तकालय छिरेकोे रेकर्ड नै छैन।

स्टोरमा थन्क्एिका पुस्तकले पुस्तकालय पाएपनि पाठकको खेपिरहेको छ। हालसम्म जम्मा ३ जना सांसदले पढ्नलाई पुस्तक लगेको पुस्तकालयमा राखिएको अभिलेखले देखाउँछ।

गण्डकी सरकारको पूर्व अर्थमन्त्रीसमेत रहेकी नेकपा एमालेकी सांसद सिता सुन्दास, एमालेकै गोविन्द नेपाली र नेकपा माओवादी केन्द्रका सांसद फणिन्द्र देवकोटाले पुस्तकालयबाट पुस्तक लगेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ। बरु सांसदले भन्दा धेरै पुस्तक त कर्मचारीले लगेर पढेका छन्।

संसदीय मामिलासँगै संविधान, ऐन, कानुन, निर्देशिका लगायतका संसदले पढ्नैपर्ने पुस्तक पुस्तकालयमा उपलब्ध छ। लोकसेवा आयोग तयारी कक्षका पुस्तक, कला, साहित्य, मनोरञ्जनका पुस्तकसँगै पत्रपत्रिका संग्रहित छन्।

झन्डै २ हजारको हाराहारीमा पुस्तक रहेको पुस्तकालयमा सांसद र तिनका स्वकीय सचिव स्वकीय छिर्दै नछिरेपछि सधैंजसो बन्द देखिन्छ। यूएनडिपीले पुस्तकालय स्थापना सघाएको छ। प्रदेश सभा सचिवालयले फर्निचर, एसी जडानमा साढे २ लाख रुपैयाँको हाराहारीमा खर्चेको छ।

पुस्तकालय संसदको अभिन्न अंग ठानेर स्थापना गरेपनि अपेक्षाकृत उपयोग नभएको प्रदेश सभाका उपसचिव प्रेम सुवेदीले बताए।
‘जति अपेक्षा गरेका थियौं पुस्तकालयमा माननीय ज्यु, माननीय ज्युका स्वकीय सचिव लगायत आगन्तुकहरु पस्नुहुन्छ। यहाँका पुस्तकहरु पढेर लाभ उठाउनुहुन्छ। त्यही अनुसारको संरचना बनाएका थियौं’, सुवेदीले भने।

उनका अनुसार पुस्तकालयमा समयसापेक्ष इलाइब्रेरीको पनि व्यवस्था गरिएको छ। त्यहीं बसेर सहज तरिकाले पढ्नलाई टेबुल कुर्चीसँगै एसी जडान छ।

पुस्तकालय उद्घाटनको बखत त एक जना कर्मचारी नै खटाइएको सूचना अधिकारी सुवेदीले बताए। पुस्तकालय छिर्नेको संख्या शुन्य जस्तै भएपछि अहिले नियमित कर्मचारी नराखेको उनको भनाइ छ।

‘उद्घाटनपछि राम्रोसँग सञ्चालन गर्नुपर्छ भनेर कर्मचारी नै खटाएर राख्याथौं। तीन दिन लगातार बस्नुभो। उपस्थिती लगभग शुन्य भएपछि उहाँलाई यहाँ राखेनौं’, उनले भने।

आवश्यकता भएकोे समयमा भने पुस्तकालय खोलिरहेको सुवेदीले सुनाए। उनको भनाइ अनुसार अधिकांश सांसद त उद्घाटनपश्चात पुस्तकालय छिरेका छैनन्।

गण्डकी प्रदेश सभामा सभामुख, उपसभामुख सहित ६० सांसद छन्। सांसदले १ जनाको दरले स्वकीय सचिव राखेका छन्। मन्त्रीले त झन सांसदले भन्दा १ जना बढी स्वकीय राख्छन्। सांसद नछिरे पनि उनीहरुलाई सघाउन नियुक्ती लिएका स्वकीय सचिवमा पनि पठनसंस्कृति नदेखिएको हो।

नीति निर्माण तहमा रहेका व्यक्तिले अध्ययन बिना समाजलाई अग्रगतिमा लैजान नसक्ने ¥यान्डम रिडर्स सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावी ‘कटु’ बताउँछन्। ‘अध्ययनविना, पठनसंस्कृति बिना समाजको अग्रगति सम्भव छैन। तसर्थ जसले समाजलाई अग्रगति दिन चाहेका हुन् उनीहरुले नै अध्ययन गरेनन् र समाजलाई बुझ्न सकेनन् भने अरुलाई के बुझाउलान् ? नीति निर्माण कसरी गर्लान्’, उनको प्रश्न छ।

नीति निर्माता, शासक, प्रशासकले आम मान्छेले भन्दा बढी अध्ययन गर्नुपर्ने उनको भनाइ छ। कटुले थपे, ‘पठन संस्कृतिमा लिप्त हुनुपर्छ। लाइब्रेरी, इलाइब्रेरीको महत्व वा संसारका जुनै स्रोतबाट भएपनि पढ्नुपर्छ।’

भौतिक पुस्तकालय मात्रै जान आवश्यक भने नरहेको उनको तर्क छ। समाजको मागदर्शक नीति निर्माता भएकाले उनीहरुले पढेर प्राप्त गरेको ज्ञान समाज परिवर्तनमा प्रयोग हुने कटुले बताए।

उसो त सांसद मात्रै होइन आम सर्वसाधारणमा पठन संस्कृति अभाव छ। पुस्तकालय पुग्ने पाठकको संख्या दिनानुदिन घटिरहेको छ।
आम पाठकमा डिजिटल पहुँच पुगेकाले पुस्तकालय आउने पाठकको संख्या घटेको पोखरा सार्वजनिक पुस्तकालयका लाइब्रेरियन अमर कुवँर बताउँछन्।

‘साहित्यका पुस्तकको सवालमा भने डिजिटल माध्यम भन्दा पुस्तक पढ्न पनि पुस्तकालय नै आउने पाठक हुन्छन्’, उनले भने, ‘संख्यात्मक र गुणात्मक दुवै खाले पाठकको संख्या भने घटिरहेका छन्।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?