मन्त्री ज्वालालाई बर्खास्त गर्न माग गर्दै विद्यार्थीले गरे प्रदर्शन (तस्बिरहरु)

मन्त्री ज्वालालाई बर्खास्त गर्न माग गर्दै विद्यार्थीले गरे प्रदर्शन (तस्बिरहरु)
+
-

काठमाडौँ – नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन गरेको छ।

प्रदर्शनमा सहभागीहरुले ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटना छानविनका लागि सरकारले गठन गरेको आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्।

समितिको छानविनबाट मन्त्री ज्वाला दोषी देखिएकोले उनलाई कारबाही गर्नुपर्ने उनीहरुको माग छ। उनीहरुल त्रिचन्द्र क्याम्पसअगाडि प्रदर्शन गर्दै मन्त्री ज्वालाको पुतलासमेत जलाएका छन्। त्यसक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठको तस्बिरसमेत जलाइएको छ।

गत पुस १३ मा ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयमा विवाद हुँदा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो।

प्रहरीको गोली लागेर दुई युवाको ज्यान गएपछि त्यहीँ बाटो कार्यालय फर्किरहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी उत्तेजित भीडले जलाएको थियो।

त्यही विषयमा छानबनि गर्न गृहमन्त्रालयले उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको अध्यक्षमा, पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक अरुणकुमार बीसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहेको छानबिन समिति गठन गरेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?