
काठमाडौं- नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्वियुले बालकुमारी घटनाको विषयलाई लिएर बिहीबार बिहान देशैभरिका क्याम्पस अगाडि प्रदर्शन गरेकाे छ।
सिहंदरबारमा थन्केको बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न खबरदारी तथा प्रदर्शन गरिएको हाे। यसै क्रममा आज मीनभवनमा रहेको नेपाल कमर्स क्याम्पसमा पनि प्रदर्शन गरिएकाे थियाे।
क्याम्पसको गेट अगाडि पुत्ला दहन तथा सिठ्ठी बजाएर विरोध प्रदर्शन गरिएकाे हाे।
बालकुमारी घटनामा दाेषी देखिएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्नुपर्ने अनेरास्वियुकाे माग छ।
’हत्यारा सरकार मूर्दावाद’, ‘दुई जना निर्दाेष युवाकाे हत्या गर्ने मन्त्री ज्वालालाई कारबाही खाेइ?’ लगायतका नारा लेखिएका पम्प्लेट प्रदर्शन गरिएकाे थियाे।
बालकुमारी घटनाबारे छानबिन गर्न गठित समितिले सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गरेको निष्कर्ष निकालेको थियाे। मन्त्री प्रकाश ज्वाला नगएको भए घटना हुने सम्भावना न्यून रहेको प्रतिवेदनमा उल्लेख छ।
तस्बिरहरू: