
काठमाडौँ – उच्च अदालत पाटनले सन्दिप लामिछानेको पुनरावेदन दर्ता गरेको छ। यस क्रममा सन्दीप लामिछाने आफैँ अदालत पुगेका थिए।
क्रिकेटर लामिछानेले एक किशोरीलाई करणी गरेको अभियोगमा दोषी ठहर गर्ने जिल्ला अदालत काठमाडौँको फैसालविरुद्ध पुनरावेदन गरेका हुन्।
उनलाई जिल्ला अदालत काठमाडौँले करणी गरेको अभियोगमा दोषी ठहर गर्दै आठ वर्ष जेल जसाय, दुई लाख क्षतिपूर्ति र तीन लाख जरिवाना हुने फैसला सुनाएको छ। लामिछानेले जेल बाहिरै बसेर पुनरावेदन गरिपाउँ भनि दिएनको निवेदनमा उच्च अदालतले अनुमति दिएको छ।
केही दिनअघि शल्यक्रिया गरेका सन्दीप आफ्ना वकिलहरुको साथ लागेर उच्च अदालत पाटन पुगेका हुन्।