कीर्तिपुरको टौदह क्षेत्र शुक्रबार बिहान बाक्लो हुस्सुले ढाकेको छ । बिहीबार साँझ उपत्यकारभर हल्का वर्षा भएको थियो । शुक्रबार बिहानैदेखि भने काठमाडौंमा पारिलो घाम लागेको छ ।
बिहीबार साँझ हल्का वर्षा भएकाले काठमाडौँसहित देशका विभिन्न स्थानमा तुवाँलो हटेर मौसम सफा हुने क्रम जारी छ । कीर्तिपुरमा पनि बिहान हुस्सुले ढाकेको थियो । विस्तारै त्यो सफा हुँदै गइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले पनि आजदेखि मौसम क्रमिकरूपमा सुधार हुने जनाएको छ ।
बिहीबार काठमाडौंमा तीन दशमलव छ मिलीमिटर वर्षा भएको थियो । पोखरामा सात दशमलव पाँच, घोराहीमा पाँच दशमलव आठ, दिपायल र डडेलधुरामा समान तीन मिलीमिटर वर्षा भएको हो ।
हुस्सुका कारण आज बिहानभर कीर्तिपुरको जनजीवन भने प्रभावित देखिन्छ ।
तस्बिरहरू:


कीर्तिपुरको टौदहमा अत्याधिक हुस्सुले ढाकेको हिउँदको बिहान । तस्बिर: सुलभ श्रेष्ठ ।


भर्खरै
लोकप्रिय






































































































































































































