दादुरा खोप अभियानको तयारी तीव्र

दादुरा खोप अभियानको तयारी तीव्र
+
-

नेपालगञ्ज – दादुरा–रुबेला खोप अभियानको तयारी तीब्र गरिएको छ। पालिकाहरुसँगै स्वास्थ्य कार्यालयले खोप अभियानलाई प्रभावकारी बनाउन लागि परेको हो। त्यसका लागि सरोकारवाला निकायसँग अन्तरक्रिया गर्ने काम अन्तिम चरणमा पुगेको छ।

स्वास्थ्य कार्यालय, बाँकेले शुक्रबार जिल्ला समन्वय समिति, सञ्चारकर्मी तथा सरोकारवाला निकायसँग अन्तरक्रिया गरेको छ।

स्वास्थ्य कार्यालयका सूचना अधिकारी एवं खोप फोकलपर्सन नरेश श्रेष्ठले खोप अभियानलाई सफल बनाउन सबै तह र तप्काका मानिस लागि परेको बताए। उनका अनुसार, बाँकेमा एक लाख ६५ हजार ५ सय ६६ जनालाई खोप लगाउने लक्ष्य रहेको छ। फाल्गुन १३ गतेदेखि शुरु हुने अभियान १५ दिनसम्म चल्ने छ।

नौ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाइदैछ। त्यसका लागि एक हजार दुई सय ९५ जना स्वास्थ्यकर्मी, एक हजार नौ सय ४४ जना स्वयंसेवक परिचालन गरिएको छ। गतवर्ष नेपालगञ्जमा महामारी फैलिदा एक जनाको मृत्यु भएको थियो भने जिल्लामा ३ सय २९ जना संक्रमित भएका थिए। खोप नलगाएका व्यक्तिमा संक्रमण देखिएको अधिकारीहरुले बताएका छन्।

जिल्ला समन्वय समितिका संयोजक ज्ञानेन्द्र चौधरी, उपप्रमुख सीता कार्की, सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझी, भेरी अस्पताल, नेपालगञ्जका निमित्त मेसु डा। दिनेश चौधरीलगायतको उपस्थिति थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?