
काठमाडौँ – लघुवित्त पीडितहरुले काठमाडौँको सिफल चौरदेखि बालुवाटारसम्म र्याली निकालेका छन्।
लघुवित्त तथा वित्तीय संस्थाको शोषणविरुद्धको संघर्ष समितिको आयोजनामा पीडितहरुले विभिन्न माग राखेर थाल ठटाउँदै सिफलदेखि बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको कार्यालयसम्म र्याली निकालेका हुन्। उनीहरुले राष्ट्र बैंक घेराउ गर्ने कार्यक्रम छ।
उनीहरुले लघुवित्तको ऋण मिनाह गर्नुपर्ने, लघुवित्त संस्था खारेज गर्नुपर्ने, किसानलाई निःशुल्क ऋण दिनुपर्नेलगायतका माग राखेका छन्।