
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मिटरब्याज पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन्।
अध्यक्ष लिङ्देनसहितका सांसदहरु आइतबार भृकुटीमण्डप पुगेर मिटरब्याज पीडितका मागप्रति ऐक्यबद्धता जनाएका हुन्।
आज ‘मिटरब्याजविरुद्ध न्याय मार्च’ नाम दिइएको उनीहरुको र्याली भृकुटीमण्डपबाट पद्मोदय मोड, पुतलीसडक, बागबजार, रत्नपार्क, विद्युत प्राधिकरण हुँदै भृकुटीमण्डपमै पुगेर सभामा परिणत भएको थियो।
त्यसक्रममा लिङ्देनले पनि भृकुटीमण्डप पुगेर उनीहरुका मागप्रति ऐक्यबद्धता जनाउँदै हस्ताक्षर गरेका थिए।