
काठमाडौँ- सोमबार दिउँसो नारा लगाउँदै संसद् परिसरबाहिर पुगेका लघुबित्त पीडितहरु बन्द रहेको गेट धकेलेर संसद् परिसरभित्र छिर्दा सुरक्षाकर्मीहरु हेरेको हेर्यै भए।
लामो समयदेखि आन्दोलनमा रहेका लघुवित्त पीडितहरु अनि जबर्जस्ती संसद परिसरभित्र प्रवेश गरे।
उनीहरु संसद परिसरभित्र छिरेपछि मर्यादापालकहरुले नियन्त्रणमा लिने प्रयास गरेका थिए तर आन्दोलनकर्मीहरु उल्टै सुतेर विरोध प्रदर्शनमा उत्रिएका थिए।
केहीबेरमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। २ दर्जन लघुवित्त पीडितहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
संसद् भवनभित्र संसद् चलिरहेकै बेला लघुवित्त पीडितहरु संसद परिसरभित्र छिरेका हुन्।
तस्बिरहरु: