
काठमाडौं- नेपाल क्रिकेट संघले खेलाडी वर्गिकरणसँगै खेलाडीलाई राम्रो पारिश्रमिको ब्यबस्था गरेसँगै सचिव पारस खड्काले नेपाली क्रिकेटमा एउटा सुखद पहलकदमीको सुरुवात भएको बताएका छन्।
क्यानले सोमबारको कार्यसमिति बैठकपछि खेलाडीलाई १ लाख सम्म पारिश्रमिक दिने निर्णय गरेको थियो। उक्त निर्णयपछि पारसले सामाजिक सञ्जालमार्फ समग्र नेपाली क्रिकेट र खेलाडीको स्तरोन्नतीका लागि सुखद पहल कदमी भएको भन्दै उनले अब नेपाली क्रिकेटमा नयाँ उत्साह र उर्जा थपिने विश्वास ब्यक्त गरे।
खड्काले भने ‘नेपाली क्रिकेटको समग्र विकास तथा नेपाली क्रिकेट खेलाडीको स्तरोन्नति सुनिश्चित गर्नका निमित्त नेपाल क्रिकेट संघको कार्यसमिति बैठकबाट केही सुखद पहलकदमीको थालनी भएको विश्वास गरेका छौं।’ उनले अगाडी लेखे ‘यस निर्णयले सम्पूर्ण क्रिकेट खेलाडीहरुमा थप उत्साह र उर्जा थप्नुका साथै युवा खेलाडीहरुलाई अझ प्रेरित गर्ने विश्वास लिएका छौं।’