
काठमाडौं- देशका विभिन्न ठाउँबाट पैदलयात्रा गरी प्रदर्शन गर्न काठमाडौं आएका मिटरब्याजी पीडितलाई भृकुटीमण्डपस्थित प्रदर्शनी हलबाट राष्ट्रिय अपांग कोष नजिकको खाली ठाउँमा सारिएको छ।
आएदेखि त्यहाँ बसेका उनीहरूलाई मंगलबार महानगरीय प्रहरीले त्यहाँबाट सारेको हो। यही फागुन १७ गतेदेखि त्यहाँ मेडिकल सम्बन्धी कार्यक्रम भएका कारण उनीहरूलाई त्यहाँबाट नजिकै रहेको अपांग कोष छेउको खाली ठाउँमा सारिएको नगर प्रहरीले जनाएको छ।
लामो समयदेखि मिटरब्याजी पीडितहरू देशका विभिन्न ठाउँबाट राजधानीमा आएर न्यायको माग गरिरहेका छन्। उनीहरूले पटक-पटक ध्यानाकर्षण गराउँदा पनि आफूहरूको माग सम्बोधन नभएको भन्दै सरकारप्रति असन्तुष्टिसमेत जनाएका छन्।
थप तस्बिरहरू: