देशसञ्चार चौतारी : भाग-३३

क्रिकेट चम्काउन सरकारको भूमिका ‘जिरो’ छ

+
-

काठमाडौँ- कुनै समय राम्रो क्रिकेट खेलाडीमा दरिएका तथा नेपालमा क्रिकेट लिगको सुरुवात गरेका आमिर अख्तरले देशसञ्चार चौतारीको यसपटकको संस्करणमा नेपालमा क्रिकेटको सम्भावनाबारे खुलेर कुराकानी गरेका छन्।

पारिवारिक रुपमै क्रिकेट खेल्न थालेका अख्तरका नातेदारहरु क्रिकेटमा व्यवसायिक खेलाडी बनिसकेका थिए। मेहबुब आलम परिवारकै सदस्य थिए।

कुनै समय इराकबाट भारत हुँदै नेपाल आइपुगेको थियो अख्तरको परिवार। सुरुमा धरान हुँदै  विराटनगरमा बसोबास गर्ने अख्तर आमाबुवाकै प्रेरणाका कारण पढाइका लागि नयाँ दिल्ली पुगे।

नयाँ दिल्लीमा क्रिकेटमा हात बसाएका उनी क्रिकेटमै केही गर्ने लालसाका साथ नेपालको अन्डर १९ टिममा भित्रिए र उनको यात्रा सुरु भयो।

अन्डर १९ बाट  एशिया कप खेलेको अनुभव लिएका अख्तरले सिनियर टिममा पनि केही वर्ष काम गरे। तर, उनी पढ्न बेलायत गए, नेपाली क्रिकेटलाई छाडेर।

यद्यपि बेलायतमा पनि उनले क्रिकेटको यात्रा जारी राखे।

बेलायतमा केही वर्ष बिताएर उनी नेपाल फर्के र सांग्रिला क्रिकेट एकेडेमी सुरु गरे, अन्य क्रिकेट जानकारहरुसँग मिलेर।

त्यसपछि उनले नेपालमै पहिलोपल्ट एभरेस्ट प्रिमियर लिग सुरु गरे। ‘यसको पाँच संस्करण भइसकेको छ,’ उनले भने। त्योभन्दा अगाडि उनले एक वर्ष नेपाल प्रिमियर लिग पनि आयोजना गरेका थिए।

यद्यपि नेपाल क्रिकेट संघ (क्यान) ले लिग क्रिकेटमा तघारो लगाइदियो। अख्तरसहितका साथीहरु यसबिरुद्ध अदालत पनि पुगे। क्यानले विश्वास गरेर लिग आयोजना गर्न दिएको संस्था म्याच फिक्सिङमा मिसिएपछि त्यो संस्थामात्रै होइन, क्यान र नेपाली खेलाडीहरु पनि बदनाम भए।

क्रिकेटमा व्यवसायिक परिवर्तनको सपना देखिरहेका अख्तर नेपाल क्रिकेटका लागि न्युट्रल भेन्यु बन्नसक्ने बताउँछन्। ‘जसरी शारजहाँ विश्व क्रिकेटको हब बन्यो, त्यस्तै नेपाल पनि दक्षिण एशियाको क्रिकेटको हब बन्न सक्छ,’ उनले भने।

स्कुल तहदेखि नै नेपालमा खेलकुदको प्रबर्द्धन गर्नुपर्ने उल्लेख गर्दै अख्तर खेलकुदमा भिजेको व्यक्तिले धेरै विषयमा राम्रो गर्नसक्ने बताउँछन्।

कुनै समय क्रिकेट संघको सल्लाहकार पनि भइसकेका अख्तर सरकारका निकाय, क्यान र अन्य सरोकारवाला संस्था मिलेर क्रिकेट खेललाई व्यवसायिक यात्रा दिनसकिने बताउँछन्।

आफूसहितको पहलले क्रिकेटरको जीवन परिवर्तन भएको उनले बताए। अहिले क्रिकेटरहरुले नेपालमा राम्रो तलब पाउनमा आफूसहितका व्यक्तिको पहलले सम्भव भएको उनले बताए।

क्रिकेटले नेपालको पर्यटनमा पनि  धेरै योगदान पुर्‍याउने र यसका लागि थुप्रै कामहरु गर्न सकिने उनले बताए।

बीचमा केही समय अवरोध भए पनि आफू फेरि नेपालमा क्रिकेट लिग गर्ने तयारीमा रहेको उनले बताए।

नेपाली क्रिकेटलाई संसारभरि चम्काउन र क्रिकेट व्यवसायलाई नेपालमा स्थापित गर्न पूर्वक्रिकेट खेलाडी तथा क्रिकेट व्यवसायी आमिर अख्तरसँग गरिएको कुराकानीको विस्तृत विवरण:

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?