सिमकोटले छाप्यो स्थानीय पाठ्यक्रम

सिमकोटले छाप्यो स्थानीय पाठ्यक्रम
+
-

सिमकोट – सिमकोट गाउँपालिकाले यसअघि मस्यौदाको रुपमा रहेको स्थानीय पाठ्यक्रमलाई अन्तिम रुप दिँदै दुई सयप्रति पुस्तकका रुपमा छपाइ गरेर जिल्लामा ल्याइपुर्‍याएको छ। यसै शैक्षिक सत्रबाट विद्यालयमा पठनपाठन गर्ने उद्देश्यसाथ सिमकोटले स्थानीय पाठ्यपुस्तक तयार पारेको हो।

गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाले स्थानीय पाठ्यक्रम ‘हाम्रो सिमकोट’ लाई छपाइ पुगेर जिल्लामा ल्याएको छ।

स्थानीय पाठ्यक्रमको पुस्तक छापिएर जिल्लामा आइपुगेको र अब चाँडै विद्यालयलाई वितरण गरिनेछ। हाललाई दुई सय थान पाठ्यक्रमका पुस्तक छापिएर कार्यालयमा आइपुगेका छन्।

पाठ्यक्रमलाई अन्तिम रुप दिन गत पुस ७ गते सरोकारवाला पक्षसंग राय सुझाव माग गरिएको थियो। अब स्थानीय पाठ्यक्रम तयार भएको र अब विद्यालयमा पठनपाठन सुरु भएपछि गाउँपालिकाका २५ वटै सामुदायिक र संस्थागत विद्यालयमा पढाइ सुरु हुनेछ। यो पाठ्यक्रम कक्षा एकदेखि आठसम्मको तयार गरिएको हो। कक्षाअनुसार एकदेखि तीनसम्म पाठ्यक्रमले समेटेका विषयमा गाउँ र वडाको सामान्य परिचय, स्थानीय प्राकृतिक श्रोत तथा सम्पदा र पर्यटकीय स्थलको पहिचान, भासिक, साँस्कृतिक, भौगोलिक, धार्मिक, शैक्षिक सचेतना बिकास, स्थानीय परम्परागत खेल, पेसा, व्यवसाय र प्रविधिसँग परिचित, घरभित्र र बाहिर हुने विपदको पहिचान र स्थानीय कृषिसँग परिचित छन्।

त्यसैगरी कक्षा चारदेखि पाँचसम्मको पाठ्यक्रममा सिमकोटको संक्षिप्त परिचय, नक्शांकन र अवस्था पहिचान, स्थानीय धार्मिक ऐतिहासिक, साँस्कृतिक तथा पर्यटकीय स्थलको परिचय महत्वबोध, स्थानीय स्तरको सामाजिक आर्थिक, भाषिक तथा शैक्षिक अवस्थाको पहिचान, स्थानीय परम्परागत खेल, पेसा व्यवसाय, प्रविधिप्रति सम्मान तथा सीपको अभ्यास, स्थानीय कृषिसँग परिचित र अभ्यास, प्राकृतिक विपद र मानव सृजित विपदका प्रभाव तथा असर बताउन, स्थानीय प्रकोप तथा जोखिमका क्षेत्रको पहिचान र स्थानीय स्तरका प्राकृतिक स्रोत तथा जैविक विविधताको पहिचानका आधार कक्षामा पठन पाठन गर्न सकिनेछ।

त्यसैगरी कक्षा छदेखि आठको स्थानीय पाठ्यक्रममा समेटिएका विषयमा सिमकोटको संक्षिप्त परिचय, नक्शांकन र इतिहासको जानकारी, सिमकोटको सामाजिक, आर्थिक शैक्षिक अबस्थाको पहिचान, सिमकोट भित्रको भाषा, लोक साहित्य, वेशभूषा चाडपर्व, रीतिरिवाज, सस्कार र संस्कृतिको खोजी पहिचान र संरक्षण, स्थानीय धार्मिक तथा पर्यटकीय स्थलको खोज, पहिचान र संरक्षणमा तत्परता, स्थानीय कृषिसँग परिचित र अभ्यास, स्थानीय परम्परागत पेसा, सीप, व्यवसाय र प्रविधिको परिचय, महत्व, सम्भावना र सीपको अभ्यास, स्थानीय स्तरका प्राकृतिक स्रोत तथा जैविक विविधताको पहिचान र खोजी, स्थानीय प्रकोप र जोखिम व्यवस्थापनको अवधारण बोध र व्यवस्थापनमा सहयोग, वन पैदावार, खोलानाला, दह, कुण्ड, नदी, हिमालको पहिचान र महत्व रहेका छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?