चार वटा विद्यालयमा बुधबारबाट पठनपाठन सुचारु

चार वटा विद्यालयमा बुधबारबाट पठनपाठन सुचारु
+
-

सिमकोट – जिल्लाका चार वटा गाउँपालिकाका सामुदायिक विद्यालयमा हिउँदे बिदापछि विद्यालयमा बुधबारबाट पठनपाठन सुरु भएको छ।

फागुन २ गतेबाट विद्यालय सञ्चालनमा आएको भए पनि यो बीचमा विद्यार्थी भर्ना गरिएको कारण कक्षा सञ्चालन ढिलो गर्नुपरेको हो।
गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका नायब सुब्बा कृष्णप्रसाद आचार्यले बुधबारबाट गाउँपालिकाका सबै विद्यालयमा पठनपाठन सुरु भएको बताए।

यसअघिका गत मंसिरमा बसेको प्रधानाध्याकको बैठक फागुन १६ गतेबाट नयाँ शैक्षिक सत्रको पठनपाठन अनिवार्य सुरु गर्ने निर्णय गरेको थियो।

फागुन २ गतेबाट सबै विद्यालयहरु सञ्चारलमा आएर भर्ना गरेको र अब भर्ना अन्तिम चरणमा पुगेकाले पढाई सुरु हुनेछ। सिमकोट गाउँपालिकामा सामुदायीक विद्यालयहरु २१ वटा रहेका भने चार वटा संस्थागत विद्यालय रहेका छन्। यी सबै विद्यालयमारुमा पठनपाठन सुरु हुनेछ।

यी विद्यालयमा तीन हजार विद्यार्थी अध्ययन गर्दै आएका छन्। विद्यालय भने हिउँदे बिदापछि फागुन २ गतेबाट सञ्चालनमा आएका थिए।

पुस १६ गतेबाट हिउदे बिदा सुरु भएको थियो। यता खार्पुनाथ गाउँपालिकाका सामुदायिक विद्यालयहरुमा पनि बुधबारबाट पठन पाठन सुरु भएको छ।

उक्त गाउँपालिका शिक्षा शाखाका प्रमुख ललितजंग शाहीले १७ वटा विद्यालयमा पढाई सुरु भएको बताउदै यसबाट दुई हजार आठ सय विद्यार्थीको पढाइ सुरु भएको बताए।

त्यसैगरी, सर्केगार्ड गाउँपालिकाका ३२ वटा सामुदायिक विद्यालयमा पनि फागुन १६ गतेबाट पढाइ सुरु भएको शिक्षा शाखा प्रमुख वीरजंग शाहीले बताए। यता, चङ्खेली गाउँपालिकाका २६ वटा विद्यालयमा पनि भोलिबाट पठनपाठन सुरु हुने भएको छ।

त्यसैगरी ताँजाकोट गाउँपालिकाकासामुदायिक विद्यालय भने फागुन ९ गतेबाट पढाइ सुरु भएको सो गाउँपालिका शिक्षा शाखाका प्रमुख जयरुद्ध ढकालले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?