सिमकोट गाउँपालिकाले एक वर्ष स्थानीय पाठ्यक्रम परीक्षण रुपमा लागू गर्ने

सिमकोट गाउँपालिकाले एक वर्ष स्थानीय पाठ्यक्रम परीक्षण रुपमा लागू गर्ने
+
-

सिमकोट – आफ्नै पहलमा तयार पारेको स्थानीय पाठ्यक्रम हाम्रो सिमकोटलाई सिमकोट गाउँपालिका सबै विद्यालयमा एक वर्ष परीक्षण रूपमा लागू गर्ने भएको हो। शनिवार स्थानीय पाठ्यक्रम हाम्रो सिमकोटको लोकार्पण कार्यक्रममा सो जानकारी गरिएको हो।

सिमकोट गाउँपालिकाले स्थानीय पाठ्यक्रम हाम्रो सिमकोटको शनिबार लोकार्पण गरेको छ।

प्रमुख जिल्ला अधिकारी बिनोद कुमार पोखरेलले स्थानीय पाठ्यक्रमको लोकार्पण गरेका थिए। गाउँपालिकाका सवै विद्यालयका प्रधानाध्यापकहरूको उपस्थितिमा तयार भएको स्थानीय पाठ्यक्रमलाई एक वर्ष पाठ्यक्रमका आधारमा विद्यालयनमा परीक्षणका रुपमा पठनपाठन गरिने जानकारी गरिएको थियो।

विद्यालयमा पठनपाठन गर्ने सिलसिलामा विद्यार्थीलगायत सबैबाट आएका सुझावलाई समेटेर अर्को वर्ष पुस्तक तयार गरिनेछ। जसका लागि बीस लाख बजेट लाग्ने अनुमान गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले गरेको छ।

कार्यक्रममा प्रजिअ पोखरेलले सिमकोट गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार गरेर जिल्लामै महत्वपूर्ण र उल्लेखनीय कार्य गरेको बताए।

नियममा भएको ब्यवस्था सिमकोट गाउँपालिकाले कार्यान्वयनमा ल्याएकोमा उनले धन्यवाद समेत दिए। कार्यक्रममा राजनीति दलका तर्फबाट राप्रापा अध्यक्ष बिकास महतले सिमकोटले नौलो र जिल्लामै पहिलो प्रयास गरेको बताए।

गाउँपालिका अध्यक्ष समस्याका बावजुद्ध पनि पाठ्यपुस्तक तयार भएको बताए। सामाजिक बिकास कार्यालयका प्रमुख हर्कबहादुर बस्नेतले सिमकोट गाउँपालिकाको यो रचनात्मक कामले देशभर सकरात्म सन्देश जाने बताए।

पाठ्यक्रमको पुस्तक दुई सय प्रति पुस्तकका रुपमा छपाई गरेर जिल्लामा ल्याईएको थियो। यसै शैक्षिक सत्रबाट विद्यालयमा पठनपाठन गर्ने उद्धेश्यका साथ सिमकोटले स्थानीय पाठ्य पुस्तक तयार पारेको हो।
लोकार्पण भएपछि स्थानीय पाठ्यक्रमको पुस्तक विद्यालयहरुलाई बितरण गरिनेछ।

अब स्थानीय पाठ्यक्रम तयार भएको र अब विद्यालयमा पठनपाठन सुरु भएपछि गाउँपालिकाका २५ वटै सामुदायिक र संस्थागत विद्यालयहरुमा पढाई सुरु हुनेछ। यो वर्ष परीक्षणका रुपमा पाठ्य पुस्तकका आधारमा विद्यालयमा पठनपाठन हुने र त्यसक्रममा आएको सुझाव तथा सल्लाहलाई अर्को शैक्षिक सत्र पाठ्य पुस्तक तयार पारिनेछ।

यो पाठ्यक्रम कक्षा एक देखि आठसम्मको तयार गरिएको छ। कक्षा अनुसार एकदेखि तीनसम्म पाठ्यक्रमले समेटेका विषयमा गाउँ र वडाको सामान्य परिचय, स्थानीय प्राकृतिक श्रोत तथा सम्पदा र पर्यटकीय स्थलको पहिचान, भासिक, साँस्कृतिक, भौगोलिक, धार्मिक, शैक्षिक सचेतना बिकास, स्थानीय परम्परागत खेल, पेशा, ब्यवसाय र प्रविधिसंग परिचित, घर भित्र र बाहिर हुने बिपदको पहिचान र स्थानीय कृषिसँग परिचित छन्।

त्यसैगरी कक्षा चारदेखि पाँचसम्मको पाठ्यक्रममा सिमकोटको संक्षिप्त परिचय, नक्शांकन र अवस्था पहिचान, स्थानीय धार्मिक ऐतिहाँसिक, साँस्कृतिक तथा पर्यटकीय स्थलको परिचय महत्वबोध, स्थानीय स्तरको सामाजिक आर्थिक, भाषिक तथा शैक्षिक अवस्थाको पहिचान, स्थानीय परम्परागत खेल, पेशा व्यवसाय, प्रबिधि प्रति सम्मान तथा सीपको अभ्यास, स्थानीय कृषिसँग परिचित र अभ्यास, प्राकृतिक विपद र मानव सृजित विपदका प्रभाव तथा असरहरु बताउन, स्थानीय प्रकोप तथा जोखिमका क्षेत्रहरुको पहिचान र स्थानीय स्तरका प्राकृतिक श्रोत तथा जैविक बिबिधताको पहिचानका आधार कक्षामा पठन पाठन गर्न सकिनेछ।

त्यसैगरी कक्षा छदेखि आठको स्थानीय पाठ्यक्रममा समेटिएका विषयमा सिमकोटको संक्षिप्त परिचय, नक्शांकन र इतिहाँसको जानकारी, सिमकोटको सामाजिक, आर्थिक शैक्षिक अबस्थाको पहिचान, सिमकोट भित्रको भाषा, लोक साहित्स, भेषभूषा चाडपर्व, रीतिरिवाज, सस्कार र संस्कृतिको खोजी पहिचान र संरक्षण, स्थानीय धार्मिक तथा पर्यटकीय स्थलहरुको खोज, पहिचान र संरक्षणमा तत्परता, स्थानीय कृषिसँग परिचित र अभ्यास, स्थानीय परम्परागत पेशा, सीप, व्यवसाय र प्रविधिको परिचय, महत्व, संभावना र सीपको अभ्यास, स्थानीय स्तरका प्राकृतिक श्रोत तथा जैविक बिबिधताको पहिचान र खोजी, स्थानीय प्रकोप र जोखिम व्यवस्थापनको अवधारण बोध र ब्यवस्थापनमा सहयोग, बन पैदावार, खोलानाला, दह, कुण्ड, नदी, हिमालहरुको पहिचान र महत्व रहेका छन्। लोकार्पण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुशिला रोकाया भाम, निमित्त प्रशासकीय अधिकृत उजिर रोकाया, नेपाली काँग्रैसका कावा सभापति कैलाश भण्डारी, एमाले कावा अध्यक्ष डबल रावत, माओवादी केन्द्रका कैलाश रोकायालगायत शिक्षा क्षेत्रमा काम गर्ने निकाय, सबै विद्यालयका प्रधानाध्यापकहरूको उपस्थिति थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?