
काठमाडौँ- पूर्व माओवादीहरुले पुनः एक हुनुपर्नेमा जोड दिएका छन्।
सोमबार शान्ति प्रक्रिया,संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति बिषयक कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बास्तोला लगायतको उपस्थिति थियो।
कार्यक्रममा प्रधानमन्त्री दाहालले आफू नमर्दासम्म देशमा उथलपुथल भइराख्ने बताएका थिए।
उनले देशमा नयाँ राजनीतिक ध्रुवीकरण भएको बताए। ‘आजको दिन एकपटक फेरि नयाँ ध्रुवीकरण, नयाँ राजनीतिक परिस्थित सिर्जना र नयाँ उथलपुथल भएको दिन पनि बन्यो,’उनले भने,’म नमर्दासम्म देशमा उथलपुथल भई नै राख्छ।’ भनेका थिए। विप्लवले जनयुद्धलाई औचित्यहीन र अपराध भन्नु इतिहासको मजाक भएको बताएका थिए।
हेर्नुहोस् तस्बिरहरु:

तस्बिरः बर्षा शाह/देश सञ्चार

नेत्रविक्रम चन्द ‘विप्लव’। तस्बिरः बर्षा शाह/देश सञ्चार

तस्बिर: बर्षा शाह/देशसञ्चार।