
काठमाडौँ – त्रिकोणात्मक टी-२० सिरिजको उपाधिका लागि नेपाल र नेदरल्यान्ड्सबीचकाे खेल जारी छ।
खेल हेर्न गएका हजारौं खेलप्रेमीहरू नेपाली टिमकाे समर्थन गरिरहेका छन्। केही रुखमा चढेर खेलकाे मजा लिइरहेका छन् भने काेही चियर्स गर्दै खेलाडीकाे मनाेबल बढाइरहेका छन्।
नेपालले नेदरल्यान्ड्सलाई १८५ रनकाे लक्ष्य दिएकाे छ।
विष्फोटक सुरुवातका बाबजुत कमजोर फिनिसिङ गर्दा नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८४ रन बनाउन सक्यो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि आसिफ शेखले ४७ रन बनाउनु सर्वाधिक रह्यो। उनीबाहेक गुल्सन झाले ३४ रन बनाउँदा कप्तान रोहित पौडेलले २५ रन बनाए। त्यस्तै, कुशल भुर्तेलले २० रन बनाउँदा कुशल मल्लले २६ रन बनाएका थिए।
नेदरल्यान्ड्सका लागि फ्रेड क्लासेन, टिम भान डेर गुगटेन, माइकल लेभिट र स्याब्रान्ड एनंगलब्रेचले समान २-२ विकेट लिएका थिए।
नेपाल घरेलु मैदानमा लगातार तेस्रो पटक त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजको उपाधि हत्याउने लक्ष्यमा रहँदा डच टोली भने नेपालको मैदानमा पहिलो उपाधिको लक्ष्यमा रहेको छ।
नेपालले २०२१ को फाइनलमा नेदरल्यान्ड्सलाई १ सय ४२ रनले हराउँदै उपाधि जितेको थियो। २०२२ को त्रिकोणात्मक टी-२० फाइनलमा भने नेपालले पपुवा न्युगिनीलाई ५० रनले हराएको थियो।
अहिले नेदरल्यान्डले नेपालविरुद्ध जवाफी ब्याटिङ गरिरहेकाे छ।
हेर्नूहाेस् तस्बिरहरू: