शैक्षिक अन्तरक्रियाका अभिभावकको उपस्थिति न्यून भएकोमा सहभागीको आपत्ति

शैक्षिक अन्तरक्रियाका अभिभावकको उपस्थिति न्यून भएकोमा सहभागीको आपत्ति
+
-

सिमकोट – ‘हाम्रो स्कुल बनाउन राम्रो स्कुल’ भन्ने नाराका साथ सिमकोट गाउँपालिकाले माध्यमिक विद्यालय स्तरमा सञ्चालन गरिरहेको शैक्षिक अन्तरक्रिया कार्यक्रमका सहभागीले कार्यक्रममा अभिभावको उपस्थिति न्यून भएकोमा आपत्ति जनाएका छन्।
कार्यक्रममा सबैभन्दा बढी उपस्थिति भएर अभिभावकले आफ्ना सल्लाह सुझाव दिनुपर्ने ठाउँमा उपस्थिति नै नहुनु अभिभावका विद्यालयप्रति कति जिम्मेवार रहेको भन्ने कुरा उजागर भएको उनीहरूले भनाइ राखेका थिए।

विद्यालय शैक्षिक सुधार ल्याउनका लागि गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाले नयाँ शैक्षिक सत्रको सुरुवाती दिनमै शैक्षिक अन्तरक्रिया कार्यक्रम आयोजना गरेर सुझाव लिन यो कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा गाउँपालिका अध्यक्ष बिजय भण्डारीले शिक्षा क्षेत्रमा सुधारका लागि यो कार्यक्रम राखिएको भए पनि अभिभावकबाट सहयोग प्राप्त नभएको गुनासो गरे।

उनले नयाँ र पहिलो कार्यक्रम भएको कारण अभिभावक नआएको भए पनि यसलाई सिकाइकै रुपमा लिन आफु तयार भएको बताउँदै यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे। सबै भन्दा पहिलो सुधार हुनु पर्ने क्षेत्र शिक्षा भएको बताउँदै उनले यसका लागि आफ्नो क्षेमता अनुसारको प्रयास जारी राख्ने उनले बताए। कार्यक्रममा उपाध्यक्ष सुशिला रोकाया भामले शिक्षा क्षेत्रका लागि अभिभावक कानमा तेल हालेर बसेको बताउँदै शिक्षा क्षेत्र माथि उकास्न एउटा पक्षले मात्र नसक्ने बताईन।

गाउँपालिका आफ्ना बल र बुद्धिले भ्याएसम्म शिक्षा क्षेत्रको स’धारका लागि लाग्ने बताउँदै उनले सबै रचनात्मक सहयोगका आवश्यक पर्ने बताइन्। कार्यक्रममा प्रशासकीय अधिकृतत सुवास आलेले शिक्षा क्षेत्रमा सुधारका लागि एउटा पक्षले चाहेर मात्र नहुँने बताउँदै यसमा शिक्षक, विद्यार्र्थी, अभिभावक, विद्यालय व्यवस्थापना समितिलगायतको उत्तिकै भूमिका रहेको बताए। शिक्षा क्षेत्रमा सुधार ल्याउन सके सबै क्षेत्रमा सुधार हुने भएकाले सबै आवश्यकताका लागि अर्को मुख ताक्ने प्रवृत्ति त्याग्न उनले आग्रह गरे।

सिमकोट गाउँपालिका–६ का वडाध्यक्ष नन्द रावतले शिक्षा क्षेत्रको सुधारका लागि अभिभावकलाई जिम्मेवार बनाउनुपर्ने बताए।

कार्यक्रममा सामाजिक विकास समितिका संयोजक प्रताप लामाले गाउँपालिकाको नयाँ प्रयासले धेरै सुधारको अपेक्षा गर्न सकिने बताए। कार्यक्रममा आएका सुझावबाट शिक्षा क्षेत्र काम गर्नका लागि सहज हुने उनले बताए। कार्यक्रम सहभागी प्रधानाध्यापक, शिक्षक, विद्यार्र्थी, विद्यालय व्यवस्थापना समिति, शिक्षक अभिभावक संघका अध्यक्षहरूले समेत आफ्नो राय दिएका थिए। कार्यक्रममा सिद्धार्थ आवि बुराउसे, बालविकास आवि हिल्दुम र जनज्योति आवि स्याम्नेबाट समेत सहभागीहरू आएका थिए। यसअघि फागुन ४ गते पहिलो अन्तरक्रिया कार्यक्रम बालमन्दिर माविमा गरिएको थियो अव बाँकी पाँच वटा माविमा समेत यो कार्यक्रम गरिनेछ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?