
हरेक वर्ष मार्च ८ मा मनाइने अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले काठमाडौँमा र्याली सुरु गरेका छन् ।
उनीहरूले बिहीबार राजधानी काठमाडौँको भृकुटीमण्डपबाट र्याली सुरु गरेका हुन् ।
भृकुटीमण्डपबाट सुरु भएको र्याली पद्मोदय मोड पुतलिसडक बागबजार हुँदै पुन: भृकुटीमण्डपमा पुगेर कोणसभामा परिणत भएको हो ।
अन्तर्राष्ट्रिय महिला दिवस अर्थात् नारी दिवसका अवसरमा महिला दिदीबिहिनीले आफ्नो हक हितका विविध कार्यक्रमहरू गर्ने गर्दछन् ।
र्यालीमा सहभागीहरूले पीडकलाई राजनीतिक संरक्षण गर्न बन्द गर, महिला रोकिए संसार रोकिन्छ,कामको बोझ बन्द गर, महिला ब्यापारका लागि होइनन् लगायतका नारा लेखिएका पम्प्लेट बोकेका छन् ।
भोलि मार्च ८ मा मनाइने महिला दिवस ११८ औँ अन्तर्राष्ट्रिय महिला दिवस हो । सो अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
थप तस्बिरहरू: