पोखरा महानगरले व्यहोर्छ किसानको क्षतिपूर्ति, एउटै किसानलाई झन्डै ५ लाख

पोखरा महानगरले व्यहोर्छ किसानको क्षतिपूर्ति, एउटै किसानलाई झन्डै ५ लाख
+
-

पोखरा – पोखरा महानगरपालिका–१९ लामाचौरकी सुष्मा गहतराज सुनारको दम्पत्ती ७ वर्षभन्दा बढी भयो च्याउ खेतिमा समर्पित छन्। भुर्जङखोला च्याउ फार्म सञ्चालन गरेकी सुनारको फार्ममा ३५ भन्दा बढी टनेल छन्।

विगतमा जस्तै यो वर्ष पनि उनको परिश्रमले बजारमा उचित मूल्य पाएन। पोखरा महानगरपालिकाले च्याउको न्यूनतम् समर्थन मूल्य १३० रुपैयाँ तोकेको छ। तर, उत्पादनअनुसारको मूल्य नपाएर उनले नोक्सानी व्यहोर्नुपर्‍यो।

‘उत्पादन राम्रो भयो। उत्पादनको लागतभन्दा निकै तलको मूल्य पाइयो। महानगरले तोकेको समर्थन मूल्यभन्दा धेरै कममा बेच्नुपर्‍यो’, उनले सुनाइन्।

उनले महानगरसमक्ष १३ हजार ८२५ केजी न्यूनतम् समर्थन मूल्यका लागि पेश गरेकी थिइन्। समर्थन मूल्यअनुसारको बिक्री नभएर घाटा उनी एक्लैले व्यहोर्नु परेन। पोखरा महानगरपालिकाले उनले व्यहोरेको घाटालाई सम्बोधन गरेको छ।

महानगरपालिकाले ७ हजार ५६० केजी च्याउको क्षतिपूर्तिस्वरुप ३ लाख ६२ हजार ९२० रुपैयाँ सुनारलाई दिएको छ। गत वर्ष पनि उनले साढे ३ लाख रुपैयाँ महानगरपालिकाबाट समर्थन मूल्यमा व्यहोरेको नोक्सानीको क्षतिपूर्ति पाएकी थिइन्।

त्यसअगाडि जत्ति नोक्सान भए पनि आफैंले सहनुपरेको उनले सुनाइन्। क्षतिपूर्ति महानगरपालिकाले उपलब्ध गराएपछि पलायन हुने सोच नआउने उनको अनुभव छ। ‘किसानलाई उत्पादन पहिल्यै अनुदान दिनुभन्दा उत्पादनको मूल्य दिँदा सहज हुन्छ। घाटा भए पनि पलायन हुने सोच नआउने रहेछ’, उनले भनिन्।

ग्रिन लाइभ मसरुम फार्मका सञ्चालक चोविन्द्रबहादुर कुवँरले ३ लाख १ हजार ७४० रुपैयाँ महानगरपालिकाबाट समर्थन मूल्यमा राहत पाएका। आफूले उत्पादन गरेको च्याउ बजारमा आएको उतारचढावले बिक्री नभएको बखत पाएको क्षतिपूर्तिले चोटमा मलमको काम गरेको उनी बताउँछन्।

महानगरको कार्यक्रम किसानको हितमा भएको उनले बताए। ‘यसरी व्यवसायीक किसानलाई सम्बोधन गर्दा हतोत्साहित हुँदैनन्’, नेपाल च्याउ उत्पादक महासंघ गण्डकीका अध्यक्षसमेत रहेका कुवँरले भने।

असोज, कात्तिक र चैत वैशाखमा च्याउ उत्पादन निकै राम्रो हुँदा बजार नपाउने समस्या रहेको उनले सुनाए। ‘उत्पादनको बेला बजार पाउँदैन। जति सस्तोमा दिए पनि खपत नहुने समस्या छ’, उनले भने। महानगरले तोकेको समर्थन मूल्यले पनि उत्पादनको लागत भने नउठ्ने कुवँरको भनाइ छ। उनका अनुसार च्याउको समर्थन मूल्य कम्तिमा पनि १५० रुपैयाँ तोक्नुपर्छ।

पोखरा महानगरपालिकाले उत्पादन लागतमा नोक्सानी व्यहोरेका १६ वटा कृषि फर्मलाई न्यूनतम समर्थन मूल्य प्रदान गरेको छ। च्याउ, गोलभेँडा, सिमी र कोदो उत्पादनमा नोक्सानी भोगेका किसानलाई महानगरपालिकाले समर्थन मूल्य दिएको हो।

६० हजार ४४१ किलो च्याउ, २५ हजार ४१७ किलो गोलभेँडा, ९ हजार ५२० किलो सिमी र २९१ केजी कोदोको समर्थन मूल्य प्रदान गरेको महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए।

उनका अनुसार २६ लाख ७९ हजार ७६१ रुपैयाँ समर्थन मूल्य वितरण गरिएको हो। समर्थन मूल्य नपाएका किसानलाई प्रोत्सहान गर्न महानगरपालिकाले चालु आर्थिक वर्षमा ६० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। सबैभन्दा बढी चिसापानी च्याउ फार्मका सन्दीपबहादुर क्षत्रीले ११ हजार १६६ केजी च्याउको ४ लाख ८५ हजार ९४० रुपैयाँ प्राप्त गरेका छन्।

तोकिएको न्यूनमत् समर्थन मूल्य नपाएका किसानलाई प्रोत्साहन गर्ने नीति महानगरको भएको कडरिया भनाइ छ। २ वर्ष अगाडि पोखराका किसानले उत्पादन गरेको काँक्रो बजारमूल्यभन्दा टिप्न लागत बढी परेपछि समर्थन मूल्यको कार्यक्रम ल्याएको उनले जानकारी दिए।

‘पोखरामा स्थानीयस्तरमै उत्पादन भएका वस्तु धेरै कारणले मूल्य नउठ्ने भयो। उत्पादनको लागत पनि नपाएपछि किसान निराश भएर पेशाबाटै पलायन हुने अवस्था आउने भएकाले यो कार्यक्रम बनेको हो’, कडरियाले भने।

महानगरले तोकेको न्यूनतम् समर्थन मूल्यमा किसानले जति कममा बेच्नुपर्छ त्यति रकम महानगरपालिकले दिने उनले बताए। समर्थन मूल्य पाउन दर्ता भएका कृषि फार्म र किसानले महानगरपालिकामा सूचीकृत अनिवार्य गरिएको छ। आफूले लगाएको अन्नबाली, जग्गाको क्षेत्रफललगायतका विवरणसहित खरिदकर्ता थोक विक्रेतासमेत अनलाइनबाट सूचीकृत हुन सक्ने व्यवस्था मिलाइएको छ।

कृषि पेशामा लागेका हतोत्साहित हुन नपरोस् भनेर महानगरले समर्थन मूल्यमा व्यहोरेको क्षति दिएको मेयर धनराज आचार्यले बताए। ‘कृषि उपजको सुरक्षित ढुवानीका लागि सञ्चालन गरिएको कृषि एम्बुलेन्स र समर्थन मूल्य कृषि व्यवसाय र कृषकका लागि निकै महत्वपूर्ण छन्’, उनले भने, ‘कृषि व्यवसायमा लागेका कृषकहरू हतोत्साहित हुन नपरोस् भनी यसलाई थप प्रभावकारी बनाइएको छ। तपाईंहरु उत्पादन र उत्पादकत्व वृद्धिमा लाग्नुहोस् महानगरपालिका साथमा छ।’ रैथाने वाली संरक्षणमा पनि महानगरपालिका नीति नै बनाएर लागेको उनको भनाइ छ।

पोखरा महानगरपालिका ३५ कृषि उपजको समर्थन मूल्य तोकेको छ। च्याउ, गोलभेँडा, कोदो, मकै, गहुँ, फापर, आलु, गाँजर, मुला, महलगायत कृषि उपजको महानगरले समर्थन मूल्य तोकेको हो।

गतवर्ष पोखरा महानगरले २३ कृषि उपजको समर्थन मूल्य तोकेको थियो। समर्थन मूल्य नपाएका किसानलाई क्षति कम गर्न महानगरपालिकाले २७ लाख रुपैयाँ वितरण गरेको जनाएको छ। पोखरेली जेठोबुढोबाट समर्थन मूल्य तोक्न थालिएको थियो। धेरै उत्पादन र खपत हुने कृषि उपजको समर्थन मूल्य तोकिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?