अस्ट्रेलियाले गर्‍यो सिरिज क्लिन स्विप

अस्ट्रेलियाले गर्‍यो सिरिज क्लिन स्विप
+
-

अस्ट्रेलियाले न्युजिल्यान्ड विरुद्धको सिरिज क्लिन स्विप गरेको छ।  क्राइस्टचर्च टेस्टमा ३ विकेटको जित हासिल गर्दै अस्ट्रेलियाले सिरिज २-० ले क्लिन स्विप गरेको हो।

चौंथो दिन कंगारु टोलीले जितका लागि २ सय २ रन आवश्यक थियो। उसँग ६ विकेट हातमा रहेको थियो। अस्ट्रेलियाले एलेक्स क्यारीको ९८ रनको अविजित इनिङमा ३ विकेट बाँकी रहँदै जित हासिल गर्‍यो।

तेस्रो दिनको खेल सकिंदा सम्म अस्ट्रेलियाले दोस्रो इनिङमा ४ विकेट गुमाएर ७७ रन बनाएर मैदानमा रहेको थियो। यसअघि न्युजिल्यान्डले दोस्रो इनिङमा ३ सय ७२ रन बनाउँदै अस्ट्रेलियालाई २ सय ७९ रनको लक्ष्य दिएको थियो। पहिलो इनिङमा भने न्युजिल्यान्ड १ सय ६२ रनमा समेटिएको थियो भने अस्ट्रेलियाले २ सय ५६ रन बनाएको थियो।

दोस्रो इनिङमा खराब सुरुवातका बाबजुत मिचेल मार्सले ८० रन र एलेक्स क्यारीले अविजित ९८ रन बनाउँदा अस्ट्रेलियाले जित हासिल गर्‍यो। उसका कप्तान प्याट कमिन्स ३२ रनमा अविजित रहेका थिए। यसअघि अस्ट्रेलियाले पहिलो टेस्ट १ सय ७२ रनले जितेको थियो।

न्युजिल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले त्यसअघि टी-२० सिरिज ३-० ले क्लिन स्विप गरेको थियो। घरेलु टोली भने टी-२० र टेस्ट दुबैमा निरीह रह्यो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?