
काठमाडौँ- रुसी सेनामा गई बेपत्ता रहेका व्यक्तिका परिवारका सदस्यहरुले मंगलबार बालुवाटारस्थित रुसी दूतावासमा उद्धारका लागि निवेदन दिएका छन्।
रुसी सेनामा कार्यरत थुप्रै नेपालीहरुको मृत्यु भएपछि कयौँ महिनादेखि बेखबर रहेका नेपालीहरुका परिवारका सदस्यले रुसी दूतावासमा निवेदन दिएका हुन्।
सरकारका अनुसार रुसी सेनामा कार्यरत १६ जना नेपालीको अहिलेसम्म मृत्यु भइसकेको छ। रुसी सेनामा कार्यरत छँदा ज्यान गुमाएका एक जना युवकको शव ल्याउन सहयोग गरिदिन भनी रुसी दूतावासमा गुहार मागेका छन्। त्यस्तै, कतिपयले खोजी तथा उद्धारका लागि निवेदन दिएका छन्।
मंगलबार ३४ जनाले आफ्ना परिवारजनको उद्धारका लागि निवेदन दिएको एक पीडितका परिवारका सदस्यले बताए।
तस्बिरहरु: