
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा तेस्रोपटक विश्वासको मत पाएपछि संसद्भित्र सबैको बधाई पाएका छन्।
बुधबारको प्रतिनिधिसभा बैठकमा प्रचण्डले बहुमत सांसदको मत पाएका हुन्। संसद्मा उपस्थित २६८ सांसदमध्ये दाहालको पक्षमा १५७ मत परेको छ। विपक्षमा ११० जनाको मत परेको छ।
उनले बुधबार संसदमा माओवादी, रास्वपा, जसपालगायत दलको विश्वासको मत प्राप्त गरेका हुन्। प्रचण्डलाई विश्वासको मतको लागि १ सय ३८ मत आवश्यक पर्नेमा उनले १५७ मत पाएका हुन्।
सभामुख देवराज घिमिरेले प्रधानमन्त्री दाहालले विश्वासको मत पाएको जानकारी गराएपछि संसद्मा उपस्थित पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, एमालेका अन्य नेताहरु, माओवादी नेताहरुलगायतले उनलाई बधाई दिएका थिए।
तस्बिरहरु: