क्याम्पसको नाममा १८ रोपनी जग्गा खरिद

क्याम्पसको नाममा १८ रोपनी जग्गा खरिद
+
-

सिमकोट – जिल्लाको मध्य क्षेत्रको सर्केगार्ड गाउँपालिकाको हिमज्योति बहुमुखी क्याम्पसले आफ्नो नाममा जग्गा खरिद गरेको छ। क्याम्पसको नाममा जग्गा नभएकोले आन्तरिक श्रोतको व्यवस्थापन गरी जग्गा खरिद गरिएको हो।

उक्त क्याम्पसका प्रमुख नेत्रलाल हमालका अनुसार क्याम्पसको नाममा १८ रोपनी जग्गा खरिद गरेको छ। २०७० सालमा सामुदायिक क्याम्पस स्थापना भएको हो।

आफ्नो नाममा जग्गा नभएको कारण त्रिभुवन विश्वविद्यालयबाट आउने भौतिक संरचना निर्माणका लागि बजेटको उपभोग गर्न कठिनाइ भइरहेको समयमा क्याम्पसले आफ्नै नाममा जग्गा खरिद गरेको हो।

सर्केगार्ड गाउँपालिका–४ को साँयाका स्थानीयबाट आठ हजार ९८० वर्ग मिटर जग्गा खरिद गर्ने कार्य पुरा भएको छ। उनले क्याम्पसले आन्तरिक श्रोतबाट व्यवस्था गर्दै जिल्ला दररेट अनुसार सो जग्गा पन्द्र लाख २६ हजार ६ सय रुपैयाँ तिरेर जग्गा खरिद गरिएको बताए। यसका लागि सहयोग गर्ने सबै सरोकारवाला पक्षलाई उनले धन्यवादसमेत दिए।

उनले अब क्याम्पसको नाममा जग्गा भएको र आफ्नै भौतिक संरचना निर्माणको बाटो खुलेको बताए। आफैँ संरचना नभएको कारण हाल सो क्याम्पसले हिमज्योति माविको भवनबाट पठनपाठन गर्दै आएको छ। जग्गा खरिद गर्नेबित्तिकै भौतिक संरचना निर्माणका लागि जग्गा सम्याउने कार्यसमेत सुरु भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?