प्रविधिमार्फत शिक्षण विधिप्रति विद्यार्थीको आकर्षण बढ्दै

प्रविधिमार्फत शिक्षण विधिप्रति विद्यार्थीको आकर्षण बढ्दै
+
-

सिमकोट – दुर्गमका विद्यार्थी प्रविधिबाट हुने पठनपाठन कार्य प्रति आकर्षण बढी रहेको पाइएको छ। प्रविधिबाट शिक्षण हुँदा विषयबस्तुका साथै सान्दर्भिक श्रब्यदृश्य पनि शिक्षक देखाउने भएको कारण विद्यार्थीको आकर्षण बढेको हो।

खार्पुनाथ गाउँपालिका– ४ को सीता माविको कक्षा दशकी छात्रा अस्मिता रावलले पाठ्य पुस्तक हेरेर पढाईने विधि भन्दा प्रविधिबाट हुने शिक्षण निक्कै उपभोगी भएको बताइन्। उनले किताव हेनेर पढाईने विधिमा विषय बस्तु मात्र सुन्न पाईने तर प्रविधिबाट हुने शिक्षणमा विद्यार्थीले विषयबस्तुका स्लाईट हेर्न सकिन भएको कारण पनि बढी उपभोगी भएको बताइन्।

प्रविधिबाट हुने शिक्षण विधि आफैमा रमाइलो वातावरणमा शिक्षण हुने र विद्यार्थीले आँखाले देखेको कुरा सोच्न पनि सहज हुने भएको कारण यो विधिप्रति विद्यार्थीको आकर्षण बढी रहेको छ। सो विद्यालयको कम्प्यूटर विज्ञानमा कक्षा एघारमा अध्ययन गर्दै आएका विद्यार्थी रमेश सुनारले यो विधिबाट विद्यार्थीले आफैले कम्प्युटरमा अभ्यास समेत गर्न पाउने भएको कारण बढी उपभोगी भएको बताए।

उनले अर्को कुरा यसरी प्रविधि मार्फत हुने शिक्षण विधिबाट शिक्षकहरुले विषय बस्तुका स्लाईट अतिरिक्त सादर्भिक अन्य श्रब्यदृश्य सामाग्री पनि देखाउने भएको कारण बढी उपयोगी हुने गरेको बताए।

पठनपाठनका विषयहरु सबै आफ्नै आँखा अगाडी ह्याईट बोर्डमा आउने भएको कारण पनि विद्यार्थीले बढी चासो दिने गरेको पाइएको हो। विद्यालयका प्रधानाध्यापक जुनराज हमालले जिल्ला मै प्रविधिबाट पठनपाठन हुने पहिलो विद्यालय सीता मावि भएको बताउदै कक्षा एकदेखि १२ सम्मका सबै कक्षा प्रविधिबाट पढाइ भइरहेको बताए।

उनले कक्षा एकदेखि तीनका पाँच वटा कक्षा, चारदेखि दश कक्षासम्मका सात वटा र प्राविधिक धारतर्फको कक्षा एघार र बाह्रका नौ वटा कक्षा सबै प्रविधिको प्रयोग गरेर पठनपाठन भई रहेको बताए। सो विद्यालयमा कक्षा एकदेखि पाँचसम्म स्मार्ट बोर्डबाट पठनपाठन हुने गरेको छ भने कक्षा छदेखि बाह्रसम्म प्रोजेक्टर र पर्दामा पढाई हुने गरेको छ।

प्रत्येक शिक्षकले आफुले पठनपाठन गर्ने विषयको स्लाईट तयार पार्ने गर्दै आउनु भएको छ। यसका लागि विद्यालयले शिक्षकका लागि आवश्यक पर्ने आठ वटा ल्यापटप र पन्द्र वटा ट्याव्लेटको व्यवस्था गरेको छ। विद्यार्थीको अभ्यासका लागि कम्प्युटर ल्यावमा ७० वटा डेक्सटपको व्यवस्था गरिएको छ। ई लाईबेरीमा गुगोलमा सर्च गरेर अध्ययन गर्न सकिने व्यवस्था पनि विद्यालयले गरेको छ। सो विद्यालयमा बालविकासमा सत्तरी जना बालबालिकासहित ४९५ जना विद्यार्थी अध्ययन गर्दै आएका छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?