
काठमाडौँ – विवेकशील साझा पार्टीले काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।
सत्ता र प्रतिपक्षी दलहरु सत्ताको खिचातानीमा लागेको भन्दै विवेकशील साझाका नेता कार्यकर्ताले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागीहरुले कानुन सबैका लागि समान हुनुपर्ने, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने माग गरेका छन्। उनीहरुले ‘देश विकास कहिले?’ भन्दै प्रश्नसमेत गरेका छन्।
प्रदर्शनका क्रममा विवेकशील साझाकी अध्यक्ष समीक्षा बास्कोटा, महासचिव रञ्जु दर्शनालगायतलाई प्रहरीले पक्राउ गरेको छ। निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।