
युरोपियन च्याम्पियन्स लिग फुटबलको ड्र शुक्रबार सार्वाजानिक गरिएको छ। सार्वजानिक ड्र अनुसार सर्वाधिक च्याम्पियन स्पेनिस जायन्ट रियल म्याड्रिडले साविक विजेता इंग्लिस टोली म्यानचेस्टर सिटीसँग क्वाटरफाइनलमै प्रतिस्पर्धा गर्ने भएको छ।
रियल म्याड्रिड र म्यानचेस्टर सिटी अघिल्लो संस्करणमा सेमिफाइनलमा भिडेका थिए। जहाँ सिटीले समग्रमा ५-१ को जित निकाल्दै फाइनल प्रवेश गरेको थियो।
यस्तो छ सार्वजानिक क्वाटरफाइनल ड्र
आर्सनल विरुद्ध वार्यन म्युनिख
पिएसजी विरुद्ध बार्सिलोना
एट्लेटिको म्याड्रिड विरुद्ध बौउरुसिया डर्टमुन्ड
रियल म्याड्रिड विरुद्ध म्यानचेस्टर सिटी