श्रेष्ठ र स्वर्गीय पौडेललाई दयाशंकर स्मृति पुरस्कार

श्रेष्ठ र स्वर्गीय पौडेललाई दयाशंकर स्मृति पुरस्कार
+
-

पोखरा- पत्रकार दीपेन्द्र श्रेष्ठ र स्वर्गिय त्रिभुवन पौडेललाई प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान प्रदान गरिएको छ।

प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान २०७९ श्रेष्ठलाई र २०८० को पुरस्कार स्वर्गीय पौडेललाई मरणोपरान्त अर्पण गरिएको हो।

आइतबार पोखरामा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरस्कार प्रदान गरेका हुन्। पुरस्कारको राशि १ लाख १ हजार १११ रुपैयाँ रहेको छ।

स्वर्गीय पौडेललाई मरणोपरान्त अर्पण गरिएको पुरस्कार उनकी धर्मपत्नी प्रतिभा पौडेलले ग्रहण गरिन्। पौडेलको गत वर्ष माघ १ गते पोखराको सेती खोंचमा भएको यति एयरलायन्सको विमान दुर्घटनामा परेर मृत्यु भएको थियो।

प्रजातन्त्र सेनानी दयाशंकर पालिखेको स्मृतिमा परिवारले स्थापना गरेको पुरस्कार नेपाल पत्रकार महासंघ, कास्कीले सञ्चालन गर्दै आइरहेको छ।

पुरस्कार अर्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र सम्बर्धन गर्ने नीति रहेको उल्लेख गरे।

‘सञ्चारमाध्यम र सञ्चारकर्मीको प्रवर्द्धन तथा हितका लागि, सञ्चारमाध्यमको व्यावसायिक हितका लागि सरकारले मिडियालाई राष्ट्रिय सेवामूलक उद्योग सरह मान्यता प्रदान गर्ने नीति रहेको छ,’ उनले भने।

प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले सञ्चारमाध्यम र सञ्चारकर्मीको प्रवर्द्धन र हितका निम्ति सञ्चार माध्यमको व्यावसायिक र संस्थागत विकास गरिने बताएका हुन्।

वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेण्टी गर्न कानुनीसँगै व्यवहारिक रुपमा प्रतिवद्ध रहेको प्रधानमन्त्री दाहालले सुनाए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?