दीपक मनाङे भौतिक पूर्वाधारमन्त्री, आजै सपथको तयारी

दीपक मनाङे भौतिक पूर्वाधारमन्त्री, आजै सपथको तयारी
+
-

पोखरा- नेकपा एकीकृत समाजवादी परित्याग गरी स्वतन्त्र सांसदको हैसियत मागेको भोलिपल्ट नै राजिव गुरुङ (दीपक मनाङे०) गण्डकी प्रदेशको भौतिक पूर्वाधार यातायात व्यवस्थामन्त्री बनेका छन्।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई मन्त्री नियुक्त गरेका हुन्।

मुख्यमन्त्री कार्यालयले दिएको जानकारीअनुसार कृषिमन्त्री महेन्द्रध्वज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी थपिएको छ।

मन्त्री मनाङेकाे साढे ३ बजे सपथ हुने तय भएको छ।

मनाङे चौथों पटक मन्त्री बनेका हुन्। यसअघि उनी एमालेका पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा दुईपटक र कांग्रेसका कृष्णचन्द्र नेपालीको सरकारमा एकपटक युवा तथा खेलकुदमन्त्री बनेका थिए। पृथ्वीसुब्बा गुरुङको सरकार ढालेर कृष्णचन्द्र नेपालीको नेतृत्वमा सरकार बनाउन मनाङे ‘किङ मेकर’ बनेका थिए।

केन्द्रमा सत्ता समीकरण फेरबदल भएसँगै मुख्यमन्त्री पाण्डेले माओवादीबाट सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालिलाई बर्खास्त गरेर आफू मातहात मन्त्रालय राखेका थिए।

त्यसैको भोलिपल्ट फागुन २३ गते माओवादी केन्द्रले पाण्डे नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। त्यसको ३० दिनभित्र पाण्डेले विश्वासको मत लिनुपर्नेछ।

मुख्यमन्त्री पाण्डे बहुमत जुटाउन प्रयासरत रहेका छन्। उनले राप्रपालाई फकाइरहेका छन्। छुट्टै दलको मान्यता खोजिरहेको बाबुराम भट्टराई नेतृत्वको नेसपाको फडिन्द्र देवकोटाको पनि मुख्यमन्त्री पाण्डेलाई आश छ।

स्रोतका अनुसार मुख्यमन्त्री पाण्डेले यो विषयमा बाबुराम भट्टराईसँग पनि कुराकानी गरेका छन्। देवकोटा फागुन २३ गते बसेको माओवादी संसदीय दलको बैठकमा अनुपस्थित भएका थिए।

६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ सांसदको समर्थन चाहिन्छ। कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका ८ (फडिन्द्र देवकोटासहित), राप्रपा २ र स्वतन्त्र हैसियत मागेका दीपक मनाङे सांसद छन्। माओवादी केन्द्रका कृष्णप्रसाद धिताल गण्डकी प्रदेश सभाको सभामुख छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?