गण्डकीमा दीपक मनाङेले लिए शपथ (तस्बिर / भिडियो)

+
-

पोखरा – गण्डकी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री राजिव गुरुङ (दीपक मनाङे) ले पद तथा गोपनियताको शपथ लिएका छन्। सोमबार प्रदेश प्रमुख डिल्लीराज भट्टले मनाङेलाई शपथ खुवाएका हुन्।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार मन्त्रीमण्डल पर्नगठन गर्दैै मनाङेलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री नियुक्त गरेका थिए।

भूमि व्यवस्था तथा कृषिमन्त्री महेन्द्रध्वज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी थपिएको छ।
मनाङे चौथों पटक मन्त्री बनेका हुन्। पहिलो पटक नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी सरकारमा दुई पटक र कांग्रेसका कृष्णचन्द्र नेपालीको सरकारमा एक पटक युवा तथा खेलकुदमन्त्री बनेका थिए।

यसअघि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर कांग्रेस संसदीय दलको नेता पाण्डेको नेतृत्वमा सरकार गठन हुँदा पनि मनाङे मन्त्री बन्ने चर्चा थियो। तर, अन्तिममा मनाङेको नाम काटिदाँ कांग्रेसकै जितप्रकाश आले आर्थिक मामिला मन्त्री बनेका थिए।

पछिल्लो समय संघमा एमाले माओवादी लगायतका दल मिलेर नयाँ सत्ता समिकरण बनेपछि पाण्डेले माओवादीबाट सरकारमा सहभागी सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालिलाई बर्खास्त गरेर आफू मातहात मन्त्रालय राखेका थिए। त्यसकै भोलिपल्ट फागुन २३ गते माओवादीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?