
काठमाडौँ – पूर्वसभामुख कृष्णबहादुर महरालाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।
सोमबार कपिलवस्तुबाट पक्राउ परेका महरालाई सिआइवीले अदालत उपस्थित गराउँदै थुनामा राख्ने अनुमति मागेको थियो। अदालतले थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएसँग प्रहरीले उनलाई हिरासतमा राख्नका लागि अदालतबाट लगेको छ।
सिआइबीको टोलीले अदालतबाट लैजाँदै गर्न महारा थकित देखिन्थे। दिनभरको धपेडीले उनका आँखा पनि राता भएको देखिन्छ।
९ किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको अभियोगमा माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका महरा पक्राउ परेका हुन्।