देशसञ्चार चौतारी : भाग-३६

चिनियाँ स्याउमा प्लास्टिक

+
-

काठमाडौँ- लामो समय कृषि विकास बैँकमा महाप्रबन्धक र अध्यक्षका रुपमा काम गरेका श्रीकृष्ण उपाध्याय ८१ वर्षको उमेरमा पनि ‘सप्रोस् नेपाल’ नामक संस्थामार्फत देशभरि कृषिको आधुनिकीकरण र ‘हेल्थी फुड’को प्रबर्द्धनमा व्यस्त छन्।

राष्ट्रिय योजना आयोगमा सदस्यका रुपमा समेत काम गरेका उपाध्यायले नेपालमा राष्ट्रिय योजना आयोगको कामै नभएको बताएका छन्।

यसपटकको देशसञ्चार चौतारीमा अतिथिका रुपमा निम्त्याइएका उपाध्याय अहिले पनि खेतबारीमा पुग्छन् र किसानहरुलाई उत्प्रेरित गर्छन्।

देशसञ्चार चौतारीका क्रममा सहकर्मीहरुसँग अन्तर्क्रिया गर्दै उनले सहकारीको मोडलमा सुरु भएको विकास बैँकलाई कसरी आधुनिक र लोकप्रिय बैँक बनाउन सफलता हात लाग्यो भन्ने बताए।

कृषि विकास बैँकमा छँदा कैयौँपटक लाइनमन्त्री हेमबहादुर मल्लसँग नोकझोँक भएको पनि उनले बताए।

नेपाल कृषिप्रधान मुलुक भए पनि माटोको उपरी ६ इन्च खण्ड बिग्रेका कारणले आमसमुदायले बिषादी खानु परेको उनले बताए। त्यस्तै, नेपालका कतिपय जमिन बाँझो छँदा पनि कृषिमा प्रत्यक्ष रुपमा असर परेको उनले बताए।

रासायनिक मल र विषादीले जमिन बिग्रेकोमात्र नभई खानेपानीलाई पनि प्रदूषित गरेको उनले बताए। माटो बिग्रेकै कारणले क्यान्सरजस्ता रोग बढेको पनि उनले बताए।

उनी २०१० मा अल्टरनेटिभ नोबेल प्राइजबाट सम्मानित भइसकेका छन्।

खेतबारीमा काम गर्ने मान्छे जहिल्यै स्वस्थ रहने उल्लेख गर्दै उपाध्यायले स्वस्थ खाना हाम्रो आवश्यकता रहेको बताए। ‘जंगल, पानी, जमिन र खानालाई जोड्नुपर्ने उनले बताए। ‘रुख रोप्यो भने पानी आउँछ, अनि जमिनको उपयोग गरेर राम्रो खाना उत्पादन गर्ने हो भने परिवर्तन ल्याउन सकिन्छ,’ उनले भने।

उनले नेपालमा योजना आयोगको कामै नभएको बताए। ‘योजनामात्र बनाएर हुन्छ, कार्यान्वयन गर्नु पर्दैन?’ उनले भने।

नेपालमा लगानी दारु, चाउचाउ र सेयरमा मात्र रहेको उल्लेख गर्दै यस्तो कारणले अर्थतन्त्र चलायमान नहुने उनले बताए। ‘रिजल्ट दिने प्रोजेक्ट नै छैन,’ उनले भने।

‘इनोभेसन भएन भने मुलुक अगाडि बढ्न सक्दैन,’ उनले भने।

नेपालीले आफूले के खाइरहेको भन्ने नै थाहा नभएको उल्लेख गरे। ‘क्वारेन्टाइन नहुँदा नेपालीले जे पनि खानुपर्ने बाध्यता छ,’ उनले भने।

चीनको स्याउमा प्लास्टिकको कभर लगाउने गरेको आफूले पाएको उल्लेख गर्दै उनले भने- चिनियाँहरु त सेतो बंगुरलाई कालो बनाइदिँदो रहेछन्, कलर लगाएर,’ उनले भने, ‘त्यस्तै भारतमा रङ लगाएर रामतोरियालाई हरियो बनाउँदो रहेछन्।’

नेपालमा पनि खेतीपातीमा लगानी बढ्दै गइरहेको उनले बताए।

पूर्वबैंकर तथा अर्थशास्त्री उपाध्यायसँग गरिएको देशसञ्चार चौतारीको पूर्ण भाग:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?