दिल्लीलाई हराउँदै पञ्जावको विजयी सुरुवात

दिल्लीलाई हराउँदै पञ्जावको विजयी सुरुवात
+
-

पञ्जाव किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सुखद सुरुवात गरेको छ। शिखर धवनको कप्तानीमा रहेको पञ्जावले शनिबार भएको दिनको पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गरेको हो।

पञ्जावको घरेलु मैदान मोहाली स्थित यादवेन्द्र सिंह स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो। जवाफमा उक्त लक्ष्य पञ्जावले ४ बल बाँकी हुँदा ६ विकेट गुमाएर पुरा गर्‍यो।

पञ्जावको जितमा साम कुरानले ४७ बलमा ६३ रनको सानदार इनिङ खेले। त्यस्तै लियम लिभिङस्टोनले ३८ रनको नटआउट इनिङ खेल्दा प्रभसिम्रन सिंहले २६ रन तथा शिखर धवनले २२ रन बनाए। दिल्लीका लागि खलिल अहमद, कुलदिप यादवले समान २-२ विकेट लिंदा इशान किसनले १ विकेट हात पारेका थिए।

त्यसअघि पहिले ब्याटिङ गरेको दिल्लीका लागि साहि होपले ३३ रन बनाउनु सर्वाधिक रह्यो। त्यस्तै डेभिड वार्नरले २९ रन बनाउँदा मिचेल मार्सले २० रन बनाए। त्यस्तै ऋषव पन्तले १८ रन बनाउँदा अक्षर पटेलले २१ तथा अभिषेक पोरेलले ३२ रन बनाएका थिए। पञ्जावका अर्सदिप सिंह र हर्सल पटेलले २-२ विकेट लिएका थिए।

शनिबारकै दोस्रो खेलमा अहिले कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबाद प्रतिस्पर्धा गरीरहेका छन्। टस हारेर कोलकाता ब्याटिङ गरीरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?