
काठमाडौँ- फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली पर्व आज हिमाली एवम् पहाडी जिल्लामा एकापसमा रङ्ग लगाएर मनाइँदै छ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने रङ्हरूको पर्व होली आज परम्परागत रूपमा विभिन्न रङ्ग लगाएर एकअर्कासँग खुसी बाँड्दै मनाउने गरिन्छ।
यस पर्वको अवसरमा आज राजधानी काठमाडौँको दरबारमार्ग, बसन्तपुरलगायतका क्षेत्रमा होली खेल्ने कार्यक्रम छ।
नेपालमा दुई दिन मनाइने यस होली पर्व देशका पहाडी जिल्लामा आज मनाइने गरिन्छ भने तराई क्षेत्रमा भोलि मनाइन्छ।
यस पर्वको अवसरमा आज विविभन्न रङ्गलगायर भेटघाट तथा खानपिन गर्ने चलन पनि रहेको छ। देशका कतिपय भुगोलमा यस पर्वको अवसरमा गीत गाउने तथा नाचगान गरी रमाइलो गर्ने गरेको पनि पाइन्छ।
थप तस्बिरहरू: