आयरल्यान्ड वल्भेस द्वारा नेपाललाई १ सय २२ रनको लक्ष्य

आयरल्यान्ड वल्भेस द्वारा नेपाललाई १ सय २२ रनको लक्ष्य
+
-

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोली र आयरल्यान्ड वल्भेसबिचको पहिलो टी-२० खेलमा आयरल्यान्डले नेपाललाई १ सय २२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डको ‘ए’ टोलीले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय २१ रन बनाएको थियो। टियू मैदान कीर्तिपुरमा टस जितेको आयरल्यान्डका लागि कुनै पनि खेलाडीले गतिलो स्कोर बनाउन सकेनन्। उसका लागि स्टेफन डोहेनीले ४६ रन बनाउनु सर्वाधिक रह्यो।

उनी बाहेक थोमस मयस र लियम म्याकार्थीले समान १६-१६ रन बनाए। नेपालका लागि ललित राजवंशी र गुल्सन झा तथा कुशल भुर्तेलले समान २-२ विकेट लिंदा करण केसी र कुशल मल्लले १-१ विकेट हात पारे। नापलका ८ खेलाडीले बलिङ गरेका थिए।

नेपाल भ्रमणमा रहेको आयरल्यान्डले राष्ट्रिय टोलीसँग २ खेलको टी-२० सिरिज खेल्दा नेपाल ‘ए’ टोलीसँग समान ३-३ खेलको टी-२० र एकदिवसीय सिरिज खेल्ने कार्यतालिका रहेको छ। टी-२० विश्वकपको तयारीमा रहेको नेपाल पछिल्लो समय आफ्नो पुरानो लयमा फर्किन प्रयासरत रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?